परशुरामधामको महत्व

सेयर गर्नुहोस्

डडेल्धुराः ताल,नदि,नदिको संङ्गमलाइ तीर्थ मान्ने गरिएकोमा यहाँ नदि,ताल,नदिका संगम रहेकाले निकै पवित्र तीर्थ रहेका छन।त्यसैमा भगवान विष्णुको छैटौ अवतार धारण गरेका परशुरामजीको जन्म भएको,चिरञ्जीवीको बरदान प्राप्त गरेको,पृथ्वीलाई क्षेत्री बिहिन पारे पछि एउटा ढुङ्गामा तीन हात लम्बाइ तीनहात चौडाइ तीनहात गहिराई को कुण्ड निर्माण गरेको,भगवान शिवको भार्गवेश्वर लिङ्ग स्थापना गरि पुजा गरेको,परशुरामजीले निरन्तर अद्यपी पनि तपस्या गरेको परशुरामतीर्थ सनातन हिन्दु आस्थाको निकै ठुलोर पवित्र तीर्थ रहेकाले पनि परशुराम नगर पालिकाको पर्यटकीय संभावना निकै रहेको छ।
तत्कालीन शीर्ष र जोगबुडा गा बि स मिलाएर परशुराम नगर पालिका स्थापना गरिएको छ।बाह्र वडामा बिभक्त नगर पालिका ४१२ वर्ग कि मि क्षेत्रफलमा रहेको छ।महाकाली नदि संगै रंगुन,शीर्ष,सादनी ,पन्तुरा नदि प्रवाहित छन।चुरे र महाभारत पर्वत शृङ्खला बिचमा रहेको सुन्दर उपत्यका बिकासको गतिमा लम्केको छ।हिन्दु आस्थाको निकै ठुलो केन्द्र हो परशुराम क्षेत्र हो।गोकुल मथुराको महत्व कृष्ण जन्मेका कारणले ,अयोध्याको महत्व राम जन्मेका कारणले लुम्बिनीको महत्व बुद्ध जन्मेका कारणले भए जस्तै परशुराम क्षेत्रको महत्व परशुरामजी जन्मेका ,चिरञ्जीवीको बरदान पाएका कारणले हुनु पर्ने हो तर त्यति हुन पाएको छैन।तर जे जति महत्व रहेको छ परशुरामजी कै कारणले हो।अद्यपी पनि परशुरामजी महेन्द्रपर्वत(मालास)मा तपस्यारत छन भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ। ऋषि जनदग्निको आश्रम हालको जोगबुडामा थियो भन्ने मान्यता छ।

May be an image of 3 people, lighting, temple and text

पिता जमद्ग्निको निवास र माता रेणुका निरन्तर प्रवाहित रहेको क्षेत्रमा नै परशुरामजी तपस्यामा रहेका छन ।मध्यकाल तिर मलासका साउदहरुको राज्य रहेको भित्रीमधेस क्षेत्र को राजधानी पनि मलास नै थियो।
परशुराम नगर पालिका जैविक बिबिधताका दृष्टिले पनि निकै महत्वको मानिन्छ।पहाडमा हुने वनस्पति र तराईमा हुने वनस्पति दुवै यहाँ पाइन्छन।त्यस्तै वन्य जन्तु पनि।वन्य जन्तु र वनस्पतिको शरणार्थी केन्द्र नै मानिन्छ।यहाँ पाटेवाघको बासस्थान पनि रहेको छ।त्यस कारणले पनि यस क्षेत्रको पर्यटकीय संभावना बढाएको छ।दुर्लभ वन्य जन्तुको र दुर्लभ वनस्पति पनि यहाँ पाइन्छन। भित्री मधेसको पर्यटनको सम्भावनालाई मध्यनजर गरि आलितालमस लाङ्घाली र परशुराम होमस्टेको अवधारणा ल्याइएको छ।परशुराम नगर बासीको परम्परागत ब्यापार सम्बन्ध भारतको टनकपुर संग हो।

व्यापार मात्र होइन सास्कृतित सम्बन्ध पनि छ।टनकपुर नजिकैको पुर्णागिरी मा हजारौं हजार तीर्थ यात्रीहरु आउछन।ती तीर्थयात्रीलाई परशुराम तीर्थ र प्राचीन सिद्धनाथ सिद्धपानी मा ल्याउने ब्यवस्था गर्न सके पर्यटन ब्यवसाय मार्फत समृद्धि पनि ल्याउन सकिने अवस्था छ।तराइ पहाड जोडने सडक निर्माण भएका छन।९दैजी बुडर० परशुराम सडक,महाकाली करिडोर, सादनी गैरीखान महेन्द्रनगर सडक,जोगबुडा गोगन डोटीघटाल सडक,जोगबुडा शीर्ष रुपाल सडक ब्यवस्थित गरि सुचार हुन सके आर्थिक समुन्नति ढोका खुल्न जाने थियो।त्यसैमा परशुरामक्षेत्रमा महाकाली नदिमा पक्की पुल बन्न पाए व्यापार,पर्यटन ,रोजगार मा पनि टेवा पुग्न जाने र बिकासले नया कोल्टो फेर्ने अवस्था छ।डडेल्धुरा जिल्लाको भित्री मधेस क्षेत्र निकै ठूलो पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो जसका लागि सबै तहका सरकारले सो सम्बन्धि योजना निर्माण गर्न आवश्यक छ।

कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा

No description available.

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *