शिद्वनाथ सहकारी संस्था कुरमुल्लको साधारण सभा सम्पन्न

सेयर गर्नुहोस्

पदम जोरा(डडेलधुरा)ः शिद्वनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परशुरामको २४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष मदनराज ओझाको अध्यक्षता तथा परशुराम नगरपालिका वडा नंमबर १० का वडा अध्यक्ष राजकुमार भाटको प्रमुख आतिथ्यतामा सहकारीको २४ औं वर्षिक साधारण सभा सम्पन्न भएको सहकारीका सह प्रबन्धक जय वहादुर महराले जानकारी दिनु भएको छ ।

No description available.

साधारण सभामा आर्थिक वर्ष २०७९÷०८० को आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत, उत्कृष्ठ वचतर्ता,ऋणिकर्ता, नियमित वचतकर्ता, वाल बचकर्ता,ऐच्छीक बचतकर्ता, संस्थागत वचतकर्ता, उत्कृष्ठ टोल समुहलाई सम्मान गरीएको महराले जानकारी दिए ।
वार्षिक साधारण सभामा सहकारीका सम्पुर्ण शेयर सदस्यहरु, राजनैतिककर्मी,शिक्षा प्रेमी, शिक्षक ,विद्यार्थी, अभिवाबक, जनप्रतिनिधीहको उपस्थिती रहेको जनाइएको छ ।
सहकारीको प्राङगणमा पौष २८ गते २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

(Visited 48 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *