भागेश्वर मन्दिरमा मंसिर १० गते मेला लाग्ने

सेयर गर्नुहोस्

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाँउपालिका वडा.न.२ मा अवस्थित भागेश्वर मन्दिरमा मंसिर १० गते राती मेला लाग्ने भएको छ । धुराकी जात बाट चिनिने उक्त मन्दिरमा मंसिर १० गते राती (रतेडी) मेला लाग्ने भागेश्वर मन्दिरका पुजारी चन्द्र जैशीले जानकारी दिए।

भागेश्वर मन्दिर डडेल्धुरा सदमुकाम देखि करिब चालिस देखि पचास किलोमिटरको दुरीमा महाभारत क्षेत्रमा रहेको छ। सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थल रुपमा रहेको भागेश्वर मन्दिरमा वर्षको चार पटक पूजा गर्ने प्रचलन भएपनि भब्य मेला भने वर्षमा दुई पटक मेला लाग्ने गर्दछ।

‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो र ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती लाग्ने गर्दछ ।समुद्री सतहदेखि २००२ मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो। २२ गाउँको ढुङ्गा, काठ, नगद, जिन्सीसहित मिस्त्री पनि ल्याएर डडेल्धुराको भागेश्वरको मन्दिर निर्माण गरिएको किम्बदन्ती छ।

पहिले भागेश्वर देवताकोमा २२ वटा देउरो जाने चलन भए पनि अहिले आएर ग्वानी, डुङ्गरी, सिराड, रुपाल, बगरकोटबाट मात्रै देउरो जाने गरेको छ । भागेश्वर सँग पासो, कैलपाल, वेताल हुन्छन् । पासो देवता भागेश्वरका प्रमुख द्वारपाल हुन् ।

भागेश्वर रुपाल नौतडीका गुणाकर जोशी र कमलाकर भाट बिहानी नित्यकर्म गर्न नजिकको खोलामा गएको र खोलाको पानी सूर्यलाई चढाउने क्रममा रगत देखेपछि त्यसैलाई पछ्याउँदै गर्दा ’फुटलिङ्ग’ रुपमा अहिले अवस्थित स्थानमै पाएको इतिहास छ।

सोहीकारण गुणाकर जोशी र कमलाकर भाटका सन्तानले कर्ताको रूपमा यज्ञमा बस्नु पर्दछ। पूजामा गाईको दूध, गङ्गाको जल र पहेलो रङ्ग मात्र चाहिने भएकाले श्रीखण्डको चन्दनबाट पूजा हुने गर्दछ।

भागेश्वर देवताको दर्शन गर्न शुदुरपश्चिमका नौ वटै जिल्ला लगायत भारतको कमाउ गडवाल बाट पनि धर्मालम्बी आउने गर्दछन्। भागेश्वर मन्दिरमा नजिकै सम्म सडक सञ्जालले छोएपछि धर्मालम्बी हरुलाई निकै सहज भएको छ। भागेश्वर देवताको नामबाट भागेश्वर गाँउपालिकाको नामाकरण पनि गरीएको छ ।

भागेश्वर देवताको उत्पत्तीसम्वन्धी ईतिहास
लगभग चौधौं शताब्दी तिर डोटी क्षेत्रमा पर्ने अजयमीरकोट राज्यमा राजा नागी मल्लको शासन चलिरहेको थियो । यो राज्य जुम्लाराज्य अन्तर्गत पर्ने सामन्त राज्य थियो।

त्यतिबेला अहिलेको डडेलधुरा जिल्लाको साविको रुपाल गा।वि।स।हालको भागेश्वर गाँउपालिका मा पर्ने ‘रोल्ली’ र ‘ग्वान्नी’ गाउँबाट ‘गुणाकर जैशी र ‘कमलाकर भाट’ नाम गरेका दुई जना मित भाईहरु ‘गयाँ’ तीर्थमा स्नान गर्न भनी हालको भारतको विहार राज्यमा पर्ने गयाँका लागी गए।

साइँत गर्दा पहिलो दिन पालुङ्गोको तरकारी बारीमा बास बसेर दोस्रो दिन गयाँका लागि प्रस्थान गरे। गयाँ तीर्थमा उनिहरुलाई त्यहाका पण्डाहरुले प्रसाद दिदै गर्दा एउटा सुनको कचौरा पनि प्रसादका संङ्ग–संङ्गै उनिहरुको हातमा आयो।

त्यही सुनको कचौरा बाट भागेश्वर देवता साक्षत्कार भएको किम्बदन्तीमा उल्लेख छ। सोहीकारण गुणाकर जैशी र कमलाकर भाटका सन्तानले कर्ताको रूपमा यंज्ञमा बस्नु पर्दछ।

आस्थाको धरोहर भागेश्वर मन्दिर (धुरा) ,जहाँ जान्छन २२ देउरा – खबरदारी न्युज (khabardarinews.com)

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *