डडेल्धुराः बगरकोटमा रहेको तालको पानी स्थानीयले चारे बाटो बाट पानी रित्याउने काम गरिरहदा समेत स्थानीय प्रशासन भने मौन रहेकोछ । तालमा रहेको पानी स्थानीयले मोटर प्रयोग गरेर खेतबारिमा प्रयोग गर्दे आएका छन् ।
बर्खाको समयमा पानीले भरिने यो तालमा सुख्खायाममा भने पानी कम हुने गर्दछ । स्थानीयले तालको पानी बारिमा लैजाने भएकाले ताल सुक्ने चिन्ता बढेकोछ । निकै सुन्दर रहेको यो तालमा हाँस र कमल रहेका छन् ।
जिल्लाको सदरमुकाम बाट सबै नजिकै रहेको छ भागेश्वर गाउँपालिका । गाउँपालिका साविकको रुपाल, बगरकोट , भागेश्वर गा बि स मिलेर अहिले पाँच वडामा बिभाजन गरेको छ ।
गाउँपालिकाको सदरमुकाम बगरकोट नजिकै भागेश्वर ताल (बगरकोट ताल) रहको छ । यो ताल निकै सुन्दर रहेको छ । तालभरि भराउ कमलका फुलहरु रहेका छन् । यो ताल डडेल्धुरा सदरमुकाम बाट १४ किलोमिटर दुरिमा रहेको छ ।
(Visited 74 times, 1 visits today)
