चौलोले प्रख्यात बडाल जाँत मंसिर ८ गते

सेयर गर्नुहोस्

डडेल्धुरा-डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा अवस्थीत बडाल जाँत मंसिर ८ गते हुने भएको छ । गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज देउवाले मंसिर ७ गते राती ९रतेडी० र मंसिर ८ गते दिउँसो ९दिउँसेडीे० जाँत हुने बताए । लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ। कार्तिक शुक्ल दशमीमा रतेडी र अर्को दिन दिउँसेडी अर्थात जाँत हुने गरेको छ ।
अर्थात डाँडा कान्तिका हिशावमा भाईटीकाको ८ औं दिनमा रतेडी र नवौ दिनमा दिउँसेडी हुने स्थानीय जानकार कर्णवहादुर मालीले बताए । यस क्षेत्रमै चलोले प्रसिद्ध मानिएको बडाँल जाँतका बारे एउटा देउडागीत पनी जनजिब्रोमा रहेको पाईन्छ ।
देमाणौका दाईन दमाऔं बडाल भोक्कर । स्थानीय जानकार मालीका अनुसार माली गाउँबाट मुल देउरो आउने र यसबाहेक देउवाहरुको एउटा देउरो आउने, रमाईल, लाटा भूमीदेउली, बडाल, सुतारी गाउँबाट आउने देउरोहरु दिउँसेडीको बिहान १ बजेदेखी २ बजे सम्म मन्दिरमा पुग्ने गरेका छन ।
दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ।

डडेल्धुरा लगाएत प्रदेशका बिभिन्न क्षेत्रबाट बडाल जाँतमा दर्शनार्थी हरु आउने गरेका छन । डोटीको शिखर नगरपालिका र घण्टेश्वर क्षेत्रबाट समेत आ–आफनो रितिरिवाज कायम गर्न स्थानीयहरु प्रत्येक बर्ष पुग्ने गरेका स्थानीय जानकार माली बताउँछन । ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। मेलामा स्थानीय उत्पादनको बिक्रि समेत हुनेगरेको छ ।
गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज देउवाले मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न अरुबर्ष झै यो बर्ष पनी जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको बताए ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *