डडेल्धुराः तिहार सुरु भएसँगै शहरलगयत ग्रामीण भेगका गाउँहरु झिलिमिलि बनेका छन्। डडेल्धुराको भागेश्वोर गाउँपालिका–४ बन्चुल्ल र वडा नम्बर ५ को चुल्ल गाउँ यस वर्षको तिहारमा पनि अन्धकारमय बन्ने भएका छन्। गाउँपालिकाको केन्द्र बगरकोटबाट नजिकै रहेका गाउँहरुमा एक डेढ घण्टा हिडेर पुग्नु सकिन्छ ।
पोल गाडेको पनि दुई वर्षभन्दा बढी भइसकेको छ। तारहरु खिचिएको भएपनि कामको गतिले तीव्रता नपाउँदा दुई वर्षभन्दा बढी हुँदा समेत बिजुली बल्नु सकेको छैन।
यता भागेश्वोर गाउँपालिकाले निरन्तर कार्यलाई अगाडि बढाइरहेको भएपनि समान अभावले दशैंतिहारमा बिजुली बाल्न नसकिएको स्वीकार गरेको छ । गाउँपालिका अध्यक्ष हेमराज चटौटले तिहार लगत्तै चुल्ल गाउँमा बिजुली बल्ने दाबी गरेका छन् ।
(Visited 44 times, 1 visits today)
