मोटरसाइकल दुर्घटनामा अमिन गम्भीर घाइते, भेन्टिलेटरमा उपचार हुँदै

सेयर गर्नुहोस्

धनगढीः कञ्चनपुरका छाडा पशु चौपाया(गाई) सँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिकाको वाणीमा शुक्रबार साँझ बा२ब ८९५० नम्बरको सरकारी मोटरसाइकल गाईसँग ठोक्किदा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–७ घर भएका २५ वर्षीय करन साउँद रहेका छन् ।

उनको धनगढीको माया मेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । मोटरसाइकल पछाडि सवार प्रकाश जोशी समान्य घाइते भएका छन् ।

गम्भीर घाइते भएका साउँद अछामको नापी कार्यालयका अमिन रहेको खुलेको प्रहरीले जनाएको छ ।

(Visited 86 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *