प्रशासन भन्छ प्लास्टिकका माला बेच्न पाईदैन तर बजारमा खुलेआम बिकिृवितरण

सेयर गर्नुहोस्

डडेल्धुराः डडेल्धुरामा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना जारी गर्दै राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने उल्लेख गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेद्धारा जारी सूचनामा देउसी भैलोका कार्यक्रम रातको १० बजेसम्म सञ्चालन पाइने भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जारि गरेको सुचना ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जारि गरेको सुचना ।

तिहार मनाउने क्रममा पटका, आतिशवाजी जस्ता विस्फोटक पदार्थ ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न, कृत्रिम फूलमाला प्रयोग नगर्न र कानूनले निषेध गरेका जुवा तास, खडगडे जस्ता क्रियाकलापहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
प्रशासनको सुचनालाई अबज्ञा गर्दै व्यापारिहरु
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कृत्रिम फूलमाला प्रयोग नगर्न सुचना जारि गरे पनि बजारमा प्लास्टिक जन्य मालाहरुको भने खुलेआम बिकिृ वितरण भईरहेकोछ ।
पछिल्लो समयमा तिहारको रौनकता बढे सागै डडेल्धुरा जिल्ला सदरमुकाममा चहलपहल बढेको छ भने व्यापारमा पनि बृद्धि भएकोछ ।
तिहारका लागि मालाको रुपमा प्रयो गरिने प्लास्टिकको मालहरु पनि खेलेआम बिकिृवितरण भईरहेको छ तर यसमा भने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले खासै चासो दिएको देखिदैन । प्रशासनले कानुनी दायरामा नल्याउदा व्यापारिहरुले यसको फाई भरपुर उठाएका छन् ।
डडेल्धुरामा प्लास्टिक जन्य मालाको विकल्पका रुपमा बिकसानहरुले फुलहरु व्यावसायिक रुपैयमै उत्पादन गरेका छन् तर बजारमा पाईने प्लास्टिकका मालाहरुको प्रतिबन्ध नहुँदा आर्गानिक सयपत्रि फुलहरुको व्यापार नहुदाँ बारिमै सुकने चिन्ना किसानहरुमा छ ।
के हुन्छ त प्लास्टिकका मालाहरु प्रयोग गर्दा स्वास्थ्यमा असर
प्लास्टिकजन्य सामग्री बनाउन धेरै किसिमका रासायनिक पदार्थ प्रयोग हुन्छन्। र, त्यसमध्येका केही रासायनिक पदार्थले हाम्रो इन्डोक्राइन सिस्टमलाई नकारात्मक असर पार्छ। हर्मोनको उत्पादन र वितरणमा इन्डोक्राइन सिस्टमको भूमिका हुन्छ। हर्मोनमा आउने भड्काउले धेरै किसिमको स्वास्थ्य समस्या ल्याउन सक्छ।

 

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *