लुनिभाद्धारा विपन्न तथा सिमान्तकृत परिवारलाई आयआर्जन सहयोग

सेयर गर्नुहोस्

डडेल्धुराः लुनिभा बालसरोकार डडेल्धुराले विपन्न तथा सिमान्तकृत परिवारलाई आयआर्जन सहयोगमा सहयोग गरेकोछ । डडेल्धुराका दुई पालिकामा १७ परिवारलाई सहयोग गरेको हो ।
लू निभा बाल सरोकार समूह डडेल्धुरा तथा नवदुर्गा गाउपालिकाको् सहकार्यमा नवदुर्गा गाँउपालिकाका १२ विपन्न तथा सिमान्तकृत परिवारलाइ र भागेश्वर गाँउपालिका संगको समन्वयमा भागेश्वर गाँउपालिकाका ५ विपन्न परिवारलाई आयआर्जन सहयोग वितरण गरेको हो ।

तस्बिरः लुनिभा डडेल्धुरा -भागेश्वर गाउपालिकामा आयोजित कार्यक्रम
तस्बिरः लुनिभा डडेल्धुरा -भागेश्वर गाउपालिकामा आयोजित कार्यक्रम

सहयोग अन्र्तगत अभिभावकको मागमा आधारित सहयोगमा बाख्रा वितरण गरिएको हो । नवदुर्गा गाँउपालिकामा गाँउपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीको प्रमुख आतिथ्यतामा नवदुर्गाकाको वडा नं. १ र २ का वडामा र भागेश्वर गाउपालिकामा गाँउपालिका उपाध्यक्ष पुष्पा ठकुराठीको उपस्थितिमा सहयोग वितरण गरिएको हो । विपन्न तथा सिमान्तकृत परिवारका बालबालिकाको शिक्षा अधिकार सुनिश्चिताको लागी तथा बालबालिकाको विधालय निरन्तरताको लागी उक्त सहयोग प्रदान गरिएको लू निभाका जिल्ला संयोजक भुवन विष्टले जनाकारी दिनुभयो ।

तस्बिरः लुनिभा डडेल्धुरा -नवदुर्गा गाँउपालिकामा आयोजित कार्यक्रम
तस्बिरः लुनिभा डडेल्धुरा -नवदुर्गा गाँउपालिकामा आयोजित कार्यक्रम
(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *