दार्चुलामा जन्मिएकि निरुताको राष्ट्रिय खेल सम्मको यात्रा

सेयर गर्नुहोस्

डडेल्धुरा (डिआर भट्ट)-  सुदुरपश्चिमको दुर्गम जिल्ला भनेर चिनिने दाचुर्ला जिल्लालाई भलिबल मार्फत चिनाएकि छिन् दाचुर्लाकि चेली निरुता ठगुन्ना । उनी सानै देखि भलिबलमा रुची राख्ने, गाँउमा सबै मिली कागजको बल खेल्ने गरेको निरुता सुनाउछिन् । निरुताको विसं. २०५४ साल चैत्र ७ गते दार्चुलाको नौगाड जन्म भएको थियो । उने हालसम्म स्थानीय खेल हुदै राष्ट्रिय सम्मका भलिबल खेलहरु खेलीसकेकी छिन् ।

No description available.
सानै देखि खेलमा रुची भएकाले उनेको यो सपना पुरा गर्नका लागि उनको मेहनत र परिवारले निकै साथ दियो । निरुता भन्छिन ः मलाई यो स्थान सम्म पुगाउनुमा मेरा आमाबुबाको ठुलो भुमिका रहेकाछ ।
मैले निरनतर गरेको प्रयासले म आज यो स्थानसम्म आईपुगेकि हुँ । मैलै खेल लाइृ निरनतरता दिएकि छु ।
निरुता अहिले नेपाल शसस्त्र प्रहरि बलको टिम बाट गेमहरु खेल्दै आएकि छिन् , उनी सेट टिममा रहेको खेलहरु खेली रहेकी छिन् ।
निरुता भन्छिन् मलै मेरो गाँउ चिनाउनु छ म मेरो पहिचान मात्रै हैन जिल्लाको पहिचान बनाउनेछु । मैले मैले अझै धेरै मेहेनत गरेर राम्रो खेल देखाउनु छ , म माथि धेरैको विस्वास रहेको छ जुन विस्वास मैले तोडने छैन् ।

No description available.

राष्ट्रिय महिला भलिबल खेलाडि निरुता लाई नौगाड पालिकाले गर्र्यो नगद सहित सम्मानः
जन्मथलो नौगाड गाँउपालिकाले उनलाइृ २० गते एक औपचारि कार्यक्रम गरि नगद १ लाख सहित सम्मान गरेकोछ । पालिकाको पहिचान बनाएको र पालिकाको गहना भएकाले उनलाइ नगद राशि सहित सम्मान गरेका थियो , जसले गर्दा आफुमा थप हौसला र आट थपिएको निरुताले बताई । साथै पालिका परिबवार लाई धन्यबाद समेत दिएकि छिन् ।

May be an image of 5 people and text

 

(Visited 47 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *