रवि भन्छन्: अगामी चुनावमा अरू दललाई पाखा लगाउँछौँ

सेयर गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा सबै राजनीतिक दलहरूलाई पाखा लगाउने बताएका छन् । शनिवार ललितपुरमा आयोजित कार्यक्रममा लामिछानेले पुराना दलहरूले जनताका लागि केही गर्न नसक्ने भएकाले उनीहरूलाई पराजित नगरेसम्म जनताका समस्या जस्ताको तस्तै रहने बताए ।

दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा थुना मुक्त गरेर दलहरूले जनताको मतलाई उपहास गरेको उनले टिप्पणी गरे । उनले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिनेगरी आफूहरूले काम गर्ने बताए ।

उनले भ्रष्टाचारका फाइल खोल्ने भनेका दलहरू अहिले तर्सिएर फाइल नै बन्द गरेर बसेको जिकिर गरे। सभापति लामिछानेले नेपालीहरूको सुनौलो भविष्यको सपना देखाएर नेताहरूले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *