यूएईलाई हराउँदै नेपालको विजयी सुरुवात

सेयर गर्नुहोस्

काठमाडौँ: त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई ७ विकेटले हराएको छ । युएईले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै नेपाल विजयी सुरुवात गरेको हो।

मुलपानी क्रिकेट मैदानमा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रन बनाउँदै अविजित रहे भन दिपेन्द्र सिंह ऐरी ३४ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेल १४, आसिफ शेख २३ र कुशल मल्ल ११ रनमा पेभेलियन फर्किएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो। युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रन बनाए। त्यस्तै मुहम्मद वासिमले १७, आसिफ खानले १५ र अलि नसिरले ३२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन्। नेपाल लागि करण केसीले ३ विकेट लिए। त्यस्तै गुल्शन झाले दुई र सोमपाल कामी र अविनाश बोहोराले एक९एक विकेट लिए।

(Visited 21 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *