शुक्लाफाँटामा संस्थागत विद्यालय शिक्षक युनियनको नगर कार्यसमिति गठन

सेयर गर्नुहोस्

शुक्लाफाँटा नगरपालिकामा संस्थागत विद्यालय शिक्षक युनियनको नगर कार्यसमिति गठन गरिएको छ ।

संस्थागत विद्यालयका शिक्षकहरुको हकहितको लागि भन्दै युनियनका कञ्चनपुर जिल्ला अध्यक्ष धनञ्जय जोशीको अध्यक्षतामा शुक्रबार बसेको बैठकबाट भुवनराज भट्टलाई अध्यक्षमा चय गरेको छ ।

समितिको उपाध्यक्षमा कपिल घिमिरे, सचिवमा केशव राज पन्त, सह सचिवमा नरेश चुनारा, कोषाध्यक्षमा केशव दत्त जोशी, सदस्यमा राजेश कार्की र दिनेश घिमिरे रहेका छन् ।

उपाध्यक्ष घिमिरेका अनुसार कोरोनाका कारण विद्यालय ठप्प रहेको अवस्थामा शिक्षकहरुले पारिश्रमिक पाएका छैनन् । शिक्षकको हकहितका लागि समिति गठन गरिएको उनले बताए ।

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *