बैतडीको पञ्चेश्वर गाउँपालिका विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन

सेयर गर्नुहोस्

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाइएको छ । गाउँपालिकाले सूचना माग गर्दा समेत उपलब्ध नगराएको भन्दै नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका समितिले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाएको हो ।

जिल्ला प्रशासन कार्यालयमा मार्फत सूचनाको माग गर्दै गाउँपालिका विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पठाइएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले जानकारी दिनुभयो ।

विभिन्न २१ बुँदे माग सहित गाउँपालिकामा निवेदन दर्ता गराएर सूचनाको माग गरिएको भएपनि सूचना प्राप्त नभएकाले जिल्ला प्रशासन कार्यालय र हुलाक मार्फत राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाएको नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका सभापति रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले गाउँपालिकासंग सूचनाको हक प्रयोग गरेर सूचना मागेका थियौं । गाउँपालिकाले सूचना उपलब्ध नगराएपछि राष्ट्रिय सूचना आयोग गुहारेका हौं ।’

गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहलाई विपक्षी बनाएर राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाइएको हो । कांग्रेसले विभिन्न शीर्षकमा गरेको खर्चका बिषयमा गाउँपालिकासंग सूचना माग गरेको थियो । सूचनाको हक सम्बन्धि ऐन प्रयोग गरेर सूचना माग्दा समेत सूचना नपाइएकाले आयोगमा पुनरावेदन दिइएको भण्डारीले जानकारी दिनुभयो ।

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *