कविता : “भो व्रत नबस्नु तिमी”

सेयर गर्नुहोस्

तिमीलाइ के भनु म ,
फेरि पनि समयले, मौका दिएको छ
घुम्दै तिम्रो नजिक ,तिज लिएको छ
हौसी हौसी नाँच्न ,कम्मर नकस्नु तिमी
उसै त पातली छौ ,भो व्रत नबस्नु तिमी ।।

तिमिलाइ के भनु म ,
म भन्दा तिमी आफै ,बुझ्ने मान्छे छौ
किनकि तिमी मेरो ,आफ्नो मान्छे हौ
भैगो भैगो यो साल ,कम्मर नकस्नु तिमी
उसै त पातली छौ , भो व्रत नबस्नु तिमी ।।

तिमीलाई म के भनु ,
भो बारुली कम्मर ,यो तिजमा नभाँच्नु तिमी
बिचमा बिचमा नाचौली ,भैगो ननाँच्नु तिमी
मलाइ पाऊँ भनी व्रत बसि, पाएनौ भने पछि
अरे झन दुब्लो हुन्छौ खाना ,खाएनौ भने पछि ।।

तिमीलाई म के भनु ,
गाँजा ,भाँङ ,केही खादिन म ,शिव पाँउ भन्छौ
यो तिजमा सङ्गै हुन पाँउ भनी ,कसम खाँउ भन्छौ
यो कोरोनाको बेला म त भेट्न् ,भो आउदिन सानी
भोकै बस्न सक्दिन म के गरुँ ,भो व्रत बस्दिन सानी ।।

तिमीलाई म के भनु ,
अलिकति जिद्दी गर्छौ तिमी ,मैले भन्या मान अब
बाँचे अर्को साल मनाउला,तिमी आफै जान अब
पानी नखाइ व्रत बसौली, बारुली कम्मर मर्काउली
चढेको बैँस तिम्रो नाची नाची ,जमिन थर्काउली ।।

                                                                हरिश चन्द “बब्लु “
                                                             महेन्द्रनगर, कञ्चनपुर

(Visited 102 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *