संस्कारित युवा पुस्ताको खॉचो : शिक्षा र ज्ञान मिहनेत गरे

सेयर गर्नुहोस्

: शिक्षा र ज्ञान मिहनेत गरे , अध्ययन गरे जसले पनि आर्जन गर्न सक्छ । तर असल संस्कार र असल संस्कृति भनेको परिवार, स्कूल र समाजबाट मात्र पाईन्छ।

जसले असल संस्कार पाएको हुदैन उसको जीवन जति ज्ञान र शिक्षा पाए पनि दु:खित हुन पुग्छ र उसले समाजमा सम्पर्कमा आउनेहरूलाई पनि बोली, लेखन र ब्यवहारबाट दुखित बनाउन पुग्छ। असल संस्कार र संस्कृति पाउनु भनेको मान्छेका निम्ति ठूलो भाग्य हो। जो मान्छेमा श्रद्धा भन्ने भावना छैन, त्यो मान्छे जीवनभरि मूर्ख रहिरहन्छ।

उसको दिमागको बृद्धि रोकिएर सड्दै गएको हुन्छ। श्रद्धाभावबिना जीवनमा जति श्रम गरे पनि केही सिकिन्न । ज्ञानको पनि उर्जाप्रवाह हुन्छ, खुला भॉडा लिएर बस्यो भने ज्ञान ओईरिन्छ, बन्द मुठी लिएर ज्ञान खोज्नेहरू सदा पटमूर्ख बन्छन्। केही क्षणिक तथ्य तथ्याङ्कका आधारमा तर्कगर्नेहरूले गर्ने भनेको दिमागी बमन मात्र हो।

भोगेका, जीवन गुजारिएका अनुभव र अनुभूति उसको आफ्नो स्ज्ञान हुन्छ, त्यो ज्ञन जसको पनि सत्य हुन्छ। सिद्धान्त, तर्क, दृष्टिकोण, आस्था, दर्शन, पक्षपोषण र बिरोध

— ती सबै क्षणिक, अस्थिर र अनुभवका आधारमा परिवर्तनशील हुन्छन्-

यी पक्षमा बहस गर्न पनि अनुभवले खारिएको हुनुपर्छ। आला कॉचाहरूले सिद्धान्त छॉटेको देख्दा मलाई ती बिचरा लाग्छन्। तिनले अनुभव हासिल गर्दै जादा आफू कति अपरिपक्व, कॉचा र क्षणिक रहेछु बुझ्दै जान्छन् भनेर सन्तोष लिनेगर्छु। अनुभवको बिकल्प हुदैन। अनुभवीसंग अरूको तुलना हुदैन। अनुभव जत्तिको अब्बल सत्य अरू केही हुदैन।

मान्छेलाई असल मानव बनाउने पॉच सिद्धान्त छन्-

१. शिक्षा

२. संस्कार

३. संगति

४. एकता

५. पहिचान ।

निरन्तर युवावर्गलाई अवसर दिने समाज बिकासमूखि हो। युवालाई लगाम नदिईने नेपालको राजनीति मुलुकको बर्बाद हुनुको एक प्रमूख कारण हो।

यहॉ एक युवापुस्ता राजनीतिबाटै बिलीन हुन पुगिसकेका छन्। ती आफ्नो पनसिकाको अस्तित्व हुमाईसरेका छन्। उता सानो देश भुटानमा त्यहॉको संबिधान बमोजिम सबै नेताहरू ६५ वर्ष उमेर कटेपछि रिटायर हुन्छन्।

सांसद, मन्त्री वा प्रम ६५ वर्ष नाघे पछि हट्छन्। राजा पनि ६५ वर्ष पुगेपछि हट्छन् र युवराजलाई सत्ता हस्तान्तरण गर्छन्। प्रम दुई कार्यकाल भन्दा बढी सत्तामा बस्न पाउदैनन्। चुवानमा चन्दा र घूसखोरीबाट जोगिन उम्मेदवारको चुनाव खर्च राज्यले बेहोर्छ। दुईदलीय ब्यवस्थाका कारण सरकार स्थिर हुन्छ।

राजनीतिक नेतृत्वको अवसर र हक हरेक पुस्ताको अधिकार र अवसर हुनुपर्छ। कुनै एक पुस्तले अर्को पुस्ताको सामाजिक योगदानको अवसर हडप्न पाईदैन, हुदैन। नेपालमा बूढा नेताहरूले लगतार ३ दशक रजाइँ गरेर पनि पेट र मन भरिएको पाईदैन। बूढाहरूले युवाको कोटाको अवसर अधिकार मिच्न पाईदैन ।

त्यसो गर्नु नयॉ पुस्ताप्रतिको डकैती हो। युवा पुस्ताका अवसर र अधिकारमाथिको पुस्ते अपराध हो। नेपालका युवा पुस्ताहरूमा संस्कारको कमी देखिन्छ। संस्कार नपाएकोहरूको जीवन निरस र छिपछिपे बन्न पुग्छ। ती समाजमा सिर्जनशिलतको सट्टा द्वन्दको खेतिमा फस्न पुग्छन्।

                                                    लेखक: भिम उपाध्याय

(Visited 209 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *