६ जनाको शव भेटियो, १६ जना बेपत्ता

सेयर गर्नुहोस्

मंगलबार राती देखिको अबिरल बर्षा संगै आएको बाढीका कारण अछामको रामारोशन गाउँपालिका सैनीबजार र छेउछाउका बस्ती बगाएको छ ।

बाढीले सैनीबजार र छेउछाउका २५ जती घर बगाएको, ६ जनाको शव ठाउँ ठाउँमा छरिएर रहेको अबस्थामा भेटिएको र १६ जना बेपत्ता रहेको प्रारम्भिक खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार त्यहाँ जाने बाटाहरु पनि बाढीले बगाएका कारण उद्धार टोली सदरमुकामबाट हिडेपनि पुग्न सकेको छैन । स्थानीयले नै उद्धार गरिरहेको प्रजिअ उपाध्यायले बताए । प्रजिअ उपाध्यायले सदरमुकामबाट तिन वटै सुरक्षा निकाय सम्मेलित ६० जनाको टोली घटनास्थल तर्फ गैसकेको बताए । अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाई भईरहेको छ ।

(Visited 44 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *