नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

सेयर गर्नुहोस्

काठमाडौँ । नेपालमा मंगलबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक९एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिला गरी तीन जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *