१२ जना सामान्य घाइते
डडेल्धुराः डडेल्धुरामा शुक्रवार जिप दुर्घटना भएको छ । डडेल्धुरा सदरमुकामबाट रडुवातर्फ जादै गरेको से १ ज १०५९ नम्बरको जिप राई नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित १२ जना सामान्य घाइते भएको डडेल्धुरा प्रहरीले जनाएको छ । उनीहरुमध्ये ६ जनाको डडेल्धुराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र ६ जनाको डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ । जिप सडकमै पल्टिएको थियो । दुर्घटनाको कारण खुल्नको छैन ।
(Visited 20 times, 1 visits today)
भट्ट हाल खबरदारी न्युज साप्ताहिक पत्रिकाका सम्पादक हुन् ।
उनले यस अघि हिलटाईम्स, हिमालयटाईम्स र पश्चिम टुडे दैनिकमा काम गरिसकेका छन् भने हाल मध्यान्ह दैनिक र सेभेन स्टार फोर के टिभिमा कार्यरत रहेका छन् ।
बिशेष गरि पर्यटन, सामाजिक कुरुती बिरुद्ध र तथा कृषि सम्बन्धि समाचार लेख्ने गर्छन् ।