उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

सेयर गर्नुहोस्

काठमाडौंः उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव निर्वाचित भएको छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित बनेका हुन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरेका छन् । उनले संघतर्फ १ सय ८४ र प्रदेश सभातर्फ ३ सय २९ मत प्राप्त गरेका हुन् ।

एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले भने मत दिएकी छन् ।
उपराष्ट्रपतिमा निर्वाचित यादव बारा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *