डडेल्धुरा – गन्यापधुरामा सिलाई उद्यमिलाई सिलाई मेसिन वितरण गरिएको छ । युएनडीपी सिड्स नेपाल र गन्यापधुराको साझेदारीमा हरित उत्थनशिलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना अन्तर्गत गन्यापधुराका १ देखि ५ वडाका १।१ जना सिलाई उद्यमिहरुलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
सिलाई तालिम गरेका महिला र पराम्परागत रुपमा सिलाई गर्दै आएका पुरुषलाई व्यवसाय विकास तथा विस्तारको लागि अमेला र झुकि सिलाई मेसिन हस्तान्तरण गरिएको परियोजना संयोजक देवीलाल उपाध्यायले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा पालिकाका प्रमुखप्रशासकिय अधिकृत दिलिप तामाङग र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आफुले यसरि सामग्रीहरु पाएपछि कामलाई निरनतरता दिनका लागि सहज भएको उद्यमीहरु बताउसछन् ।
(Visited 12 times, 1 visits today)
