भागेश्वर गाउँपालिकाले मनायो विश्व उपभोक्ता अधिकार दिवस

सेयर गर्नुहोस्

डडेल्धुरा ः विश्व उपभोक्ता अधिकार दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ । सोही अवसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका र सरस्वती माध्यमिक विद्यालयको सहकार्यमा ‘स्वास्थ्य प्रति सधैँ सचेत रहौँ’ भन्ने मूल नाराका साथ बगरकोट बजारमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार विभिन्न नारा लेखिएका ब्यानर प्लेकार्डसहित बगरकोट बजारमा प्रभात फेरीसमेत गरिएको थियो । बजारमा मूल्य सूचीको व्यवस्था हुनुपर्ने, सामानहरूको म्याद नाघेको सामानहरूको विक्री वितरण नगर्ने, सरसफाइमा ध्यान दिनु पर्ने, व्यवसायीहरूलाई आधारभूत तालिम दिनुपर्ने, उपभोक्ताहरू पनि आफै सचेत हुनु पर्ने आदि विषयमा कार्यक्रम गरिएको अधिकृत भारतीले बताए ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *