डडेल्धुरा – सार्वजनिक सेवा कर्मचारी संघ डडेल्धुराको अध्यक्षमा शिवराज बोहरा चयन भएका छन् । नेपाल ट्रेड युनियन काँग्रेससंग आवद्ध सार्वजनिक सेवा कर्मचारी संघ डडेल्धुराको अध्यक्षमा बोहरा चयन भएका हुन् । संघको महिला उपाध्यक्षमा तुलसा घिमिरे पनेरु, उपाध्यक्षमा दत्तबहादुर ऐर, सचिवमा रामबहादुर ऐर, कोषाध्यक्षमा खड्कबहादुर देउवा सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा चेतराज अवस्थी, दीपकराज पन्त, धनबहादुर चन्द र भुवनबहादुर शाहु चयन भएका छन् ।
(Visited 15 times, 1 visits today)
