सहदि एन.डी प्रकास चटौत

सेयर गर्नुहोस्

मुल्या भुल्या हुन सब डेउडामाँ।
बूढा — खाडा सुन्नर भेउडामाँ ।।
कठै म काँ सम्म गडुँ गया दिन ।
यकैलगै याँ सुख खाज आथिन ।।
डडेल्धुरा

दिपकराज भट्ट-परदेशीको उद्गार स्वर्गिय एन।डि प्रकास चटौतको यो स्लोगले अहिलेका समसामहि राजनीती अवस्थाका बारेकमा चर्चा गरिदिन्छ ।
वि.सं. १९८७ मंसिर ७ गतेका दिन आमा तुलसीदेवी चटौतको कोख बाट जन्मनु भएका चटौत बुहप्रतिभाका धनी थिए । उनको जन्म घर भागेशवर गाँउपालिका ४ मा रहेको दिव्यावतीमा भएको थियो । सानै देखि चनोखो र क्रान्तिकारी सोचका चटौत साहासी र ईमान्दार थिए । उसनले सानै देखि अक्षर शुद्धी घरमै गरेका थिए , उनी ब्रामह्ण परिवारमा जन्मिएकाले उनलाई सानै देखि शिक्षाले पनि साथ दियो । उनले प्रारम्भिक शिक्षा ततकालिन डोटि र डडेल्धुरा राज्यको सदरमुकाम खलङगा र दाउँल गाँउको डाडाँवन मा सामान्य ज्ञान आर्जन गरेका थिए । उनले शिक्षा लाई निरन्तराता दिनका लागि छिमेकी मुलुक भारतको यू।पी बोर्डबाट द्धतीय क्षेणीमा प्रवेसिका परिक्षा र काठमाण्डौ बाट आए प्रथम बर्ष उर्तिण गरेका थिए । उनले राजनीतीसास्त्र,सामाजिक व्यवहार, तत्कालिन राजनिती परिवेस, समाजसेवा भने अनौपचारी तवर बाट पुरा गरेका थिए ।
वि.सं२००२ मा उनी भारतको अल्मोडामा पढ्न पठाउदा खाना पकाउन र आवश्यक अन्य काम गर्नका लागि भनेर घरबाट एउटा ब्रामह्णको घरमा पठाईएको थियो तर एक महिना नवित्दै उनले सुटवुट कसेर होटलमै भात खायो भन्ने हल्ला फिजाँउदै घर फर्के । खाना पकाउने सहायोगी हुदाँहुदै तत्कालिन समयमा घर बाहिर भने खाना खानु आवश्यक नभए पनि यीनको क्रान्तिकारी स्वाभावले यीनलाई प्रेरित गरेका थियो । तत्कालिन समयमा यो कुरा निकै चर्चाको बिषखय बन्ने गरेका थियो ।
वि।सं। २००१ साल मंसिर महिनामा यीनको नजिकैको गाँउ जिजोडा गुनकेसरि सित बिबाह भयो । उनी विद्याध्यनका लागि बाहिर रहेका बेला वि।सं। २००४ साल जेठमा श्र्रीमतीको मृत्युभयो । महिना दिन नवित्दै पिताको पनि मृत्युभयो । उनी माथी एक पछि अर्को विपत्ति आईलाग्यो तर यनले हार भने मानेन् ।
उनले दुख लाई विपत्तिमा बदल्नु सिके, आसँुलाई विपत्तिको आयो निभाउने पानीमा रुपानतरण गरे । दुखः पर्नु दुर्भाग्य भएपनि त्यसको परिणाम बाट यिनको जे जस्तो व्यक्तित्व बन्यो,त्यो सकारात्मक पक्ष नै रह्यो ।
तत्कालीन समयमा राजा जयपृथवी बहादुर सिंह, राजनेता विशेशवर प्रसाद कोइृराला, गणेसमान सिंह, सहिद भीमदत्त पन्त, के।आई।सिंह, हिवराज पन्त, द्धारिकादेवी ठगुन्ना, समाजसेवी उद्धवबहादुर चन्द लगायत अनेकौ सँग उनी निकट सम्बन्धमा रहेका थिए । उनी कविता लेखन, समाजसेवा, राजनीती मा सानै देखि नै सकिृय रहेका थिए उनले यसलाई निरन्तरता दिईरहे ।
उनको राजनीतीक यात्रा –
यीनको आस्था प्रजातन्त्र,मानव अधिकार, लोक कल्याण,न्यापुर्ण समाज, आवधिक निर्वाचन,जनताप्रति उत्तरदायि राजनीतीक दल, बहुदलीय राजनितीक व्यवस्था, समतामुलक समाजको स्थापना, अधिकार र कर्तव्यमा एकरुपता लगायतका कुरामा रहेको थियो । यी एकता नेपाली काङग्रेसमा हुने देखिएकाले उनी यसमै सकिृय रहेका थिए । उ बेला यीनी विशेश्वर प्रसाद कोईराला, सुर्वण समसेर,गणेसमान सिंह,कृष्णप्रसाद भट्टराई,गिरिजाप्रसाद कोईराला, तारणी प्रसाद कोईरालाको हाराहारीमा केन्द्रिय नेता बनिसकेका थिए । नेपाली काङग्रेसको सबै बैठकमा यिनको उपस्थिती रहने गथ्र्यो ।
उनी राजा संग सिधै कुरा गर्नसक्ने व्यकितको रुपमा पनि परिचीत थिए । २०१४ सालमा हवाई र्दुघटना परि उनको मृत्य ९२७ बर्षको० कलिलो उमेरमै भएको थियो । उनी नेपाली काङग्रसका जिल्ला अध्यक्ष पदमा रहेर ततकालीन समयामा डडेल्धुराको नेतृत्व गरेका थिए ।

सम्झनामा सालिक र र्पाक –
एन।डि।प्रकास चटौतको सम्झनामा जन्मघर दिव्यावती मा सालिक र पार्क निमार्ण गरिएकोछ । भागेश्वर गाँउपालिका र संसद कोषको सहयोगमा निर्वतमान अध्यक्ष कौसिला भट्टको नेतृत्वमा सालिक र पार्क निमार्ण गरिएको छ । पार्क र सालिकको उद्धघाटन पुर्व मन्त्री एन.पि. साउदले गरेका थिए ।
उनले लयाउनु खोजेको परिर्वतन –
उनी दिनहु समाजिक कार्यमा व्यस्त रहन्थ्ये । उनले तत्कालीन समयमा जातीय छुवाछुतका मुद्धामा कलम चलाउने र कार्यक्रमहरु पनि गर्ने गथर्ये । शिक्षामा आम नागरिकको पहुँच बढाउनुका लागि उनले धेरै संर्गस गरेका थिए । राजनीती लाई समाजसेवामा बदल्ने कार्य अनुरुप उनी सधै सामाजिक कार्य सकिृय रहने गथ्र्ये ।

(Visited 42 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *