बैतडीमा २ बालकको खाल्डोमा डुबेर मृत्यु ,२० लाख क्षतिपुर्ति माग गर्दै परिवारले शव बुझेन्न

सेयर गर्नुहोस्

बैतडी – सडकको खाल्डोमा डुबेर बैतडीमा २ बालकको मृत्यु भएपछि स्थानीयबासिन्दा आन्दोलित भएका छन्।

सोमबार अपरान्ह खाल्डोमा डुबेर मृत्यु भएका दशरथचन्द नगरपालिका २ देहीमाडौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको शव शव परिवारजनले बुझेका छैनन्।

सडकमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा परेर दुवै जनाको मृत्यु भएकाले आफन्तहरुले क्षतिपूर्तिको माग गरेका हुन्। पीडित परिवारले २० लाख रुपैयाँ क्षतिपुर्ति माग गर्दै शव बुझ्न नमानेका दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए।

ह्युम पाइप राख्‍ने खाल्डोमा डुबेर दुई बालकको ज्यान गयो  देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको थियो। पीडित परिवारले निर्माण व्यवसायीसँग क्षतिपूर्ति माग गरेका हुन्‌।

क्षतिपूर्ति नदिँदासम्म आफूहरुले लाश नउठाउने उनीहरुको अडान राखेका छन्‌। मृतकका आफन्तहरुले क्षतिपूर्ति माग गरेपछि शव बुझ्न नमानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

मृतकका आफन्तहरुले क्षतिपूर्ती माग गरेपछि आज निर्माण व्यवसायी र मृतकका आफन्तहरूबीच छलफल हुने बताइएको छ।  ह्युम पाइप राख्नका लागि बनाइएका खाल्डोमा बर्सातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार अपरान्ह साढे चार बजेतिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको थियो।

  एकै गाउँका दुई बालकको खाल्डोमा डुबेर ज्यान गएपछि पुरै गाउँ शोकमग्न भएको छ। 

(Visited 82 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *