काठमाण्डौं ः आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजमा २३० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
दीपेन्द्रसिंह ऐरीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले आर्यन लाक्रालाई ५० रनमा आउट गराए । आर्यनले ७८ बलमा चार चौका र एक छक्काको मद्दतमा ५० रन बनाएर आउट भए । शून्यमा एक विकेट गुमाएको यूएईले दोस्रो विकेटको लागि ९४ रनको साझेदारी गर्यो । यसअघि नेपालका सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमा मोहम्मद वासिमलाई शुन्यमा आउट गराएका थिए । २४ ओभरको समाप्तिमा यूएईले दुई विकेटको क्षतिमा ९५ रन बनाएको छ ।
दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २२९ रन बनाएपछि यूएईले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो ।
(Visited 17 times, 1 visits today)
