विश्कप क्रिकेट लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

सेयर गर्नुहोस्

काठमाडौँ,१५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको यूएई त्रिदेशीय सिरिजमा सोमबार नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग खेल्दै छ । लिग अंकतालिकाको छैटौँ स्थानमा रहेको नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण छ । 

१५ सदस्यीय शनिबारै यूएई गइसकेको छ । नेपाल र पपुवा न्युगिनीबीच नेपाल समयअनुसार पौने १२ बजे खेल सुरु हुनेछ । दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । नेपाल सन्दीप लामिछानेको अनुपस्थितिमा खेल्नेछ । कीर्तिपुर मैदानमा लिगका चारै खेल जितेर यूएई पुगेको नेपाललाई सो लय कायम राख्नुपर्ने आवश्यकता छ ।

दुबईको पिच बलिङमैत्री देखिएकाले यो खेलमा टसको पनि महत्वपूर्ण भूमिका हुने देखिएको छ । पहिला बलिङ गर्ने टिमलाई फाइदा पुग्ने यसअघिका खेलमा देखिएको थियो । 

सन्दीपको अनुपस्थितिमा नेपाली बलिङ आक्रमणको नेतृत्व सोमपाल कामी, करण केसी र ललित राजवंशीले गर्नेछन् । ब्याटिङमा नेपाली कप्तान रोहित पौडेलको प्रदर्शन केन्द्रमा रहनेछ । 

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *