खाल्डोमा डुबेर बैतडीमा दुई बालकको ज्यान गयो

सेयर गर्नुहोस्

बैतडी- बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको हो।

खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार दिउँसो साढे चार बजे तिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खेल्नका लागि सडकमा जम्मा भएका ५/६ जना मध्ये एकजना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।  

(Visited 44 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *