गेटामा विश्वविद्यालय बनाउन लेखराजले प्रचण्डलाई सम्झाएका थिए युद्धका कुरा

सेयर गर्नुहोस्

अत्तरिया – प्रस्तावित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन एमाले सचिव लेखराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई युद्धका बेला बोलेको कुरा सुनाएको बताएका छन् ।

उनले मोडालिटी बिना निर्माण सुरु गरिएको तत्कालिन प्रस्तावित गेटा मेडिकललाई विश्वविद्यालयका रुपमा अगाडी बढाउन कन्भेन्स गर्ने क्रममा आफूले प्रचण्डलाई युद्धमा बोलेका कुरा सुनाएको बताएका हुन् ।

बिहिबार अत्तरिया स्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले युद्धका बेला प्रचण्डले सुदूरपश्चिमलाई ब्याज स्याज सहित दिइन्छ भनेर बोलेको कुरा सम्झाएको बताए ।

‘मलाई पनि गेटा मेडिकलका बिषयमा के गर्ने भनेर छलफल गर्न बोलाईएको थियो । मेले त्यहाँ एउटा शब्द भनेको थिए’ उनले भने ‘युद्धमा तपाइले एउटा चिज बोल्नु भएको थियो । सुप धेरै उत्पिडनमा छ । ब्याज स्याज सहित दिइन्छ भन्नु भएको थियो । यती बेला तपाईले ब्याज स्याज सहित दिनुपर्ने बेला आयो । यो बिषेश महत्वको बेला हो भनेको थिए ।’ उनले प्रचण्डले यो कुरा युद्धका बेला बिपिनगरमा बोलेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने ‘वहाले एक हप्ता भित्रै यसको बारेमा निर्णय गर्छु भन्नु भएको थियो । तर, त्यही साँझ क्याविनेट बोलाएर निर्णय भयो ।’
उनले निर्णय कार्यान्वय हुन्छ या हुँदैन भनेर सबैमा चिन्ता भएपनि यो भिजन सहित आएकाले सबैले लागे कार्यान्वयन हुने बताए ।

उनले यसको लागि आवश्यक जनशक्ति काठमाण्डौंमा केन्द्रित भएकाले त्यो जनशक्तिलाई यहाँ प्रयोग गरे संचालन गर्न कुनै समस्या नहुने बताए ।

उनले नजिकै भारतमा ठुला मेडिकल विश्वविद्यालय भएकाले त्यताबाट पनि आवश्यक जनशक्ति लिन सकिने बताए ।

‘यसलाई मेडिकल हबको रुपमा प्रयोग गर्न सकिन्छ’ उनले भने ‘इच्छ्याशक्ति भएमा यो सम्भव छ । यसमा आग्रह पुर्वाग्रह हुन हुँदैन । पार्टीकरण पनि गरिनु हुँदैन् ।’

मोडालिटी बिना निर्माण सुरु गरिएको तत्कालिन प्रस्तावित गेटा मेडिकल कलेजलाई सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडी बढाउने निर्णय गरेको थियो ।

माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *