डडेल्धुरा ः स्थापना भएको छोटो समयममै यातायात व्यवस्था कार्यालय डडेल्धुराले सुदुरपश्चिमका पहाडि जिल्लाका सेवाग्राहीहरु लाई आफनो सेवा प्रदान गर्न सफल भएको छ ।
डडेल्धुरामा वि.सं. २०७२ सालमा कार्यालय स्थापना भएको कार्यालयले यातायातको कागजपत्रहरु नविकरण गर्न सुरु गरेको थियो भने कार्यालयले २०७९ भदौ देखी सवारी चालक अनुमति पत्र पनि वितरण गर्न सुरु गरेकोे हो ।
यस अवधिमा कार्यालय बाट १०८६ वटा सवारी चालक अनुमति पत्र जारी भएका छन् भने ५८६ जनाको सवारी चालक अनुमति पत्र नविकरण गरेको छ । डडेल्धुराबाट नै सेवा प्रदान गर्न थालेपछी पहाड का सेवाग्राहीहरु खुसि भएको कार्यालयका प्राविधिक प्रविन राज भट्ट्ले बताउनुभयो ।
सवारी साधनको नविकरणको तथ्यांक हेर्दा यस आर्थिक वर्षको पहिलो ६ महिनामा दुई पाँगे्र सवारी साधन १५७३ वटा र चार पांग्रे सवारी साधन ४०४ नविकरण गरिएको छ । यस अवधिमा डडेल्धुरा, बैतडी , बझांग र दार्चुला अन्तर्गतको राजमार्ग तथा शाखा सडकहरुको अनुगमन गरि ४८ वटा सवारी साधन लाई कारवाही गरि ९१,०००। जरिवाना संकलन गरिएको कार्यालय ले जनाएको छ ।
पहाडि जिल्लाको सबै भन्दा धेरै कर संकलन गर्ने कार्यालयको रुपमा चिनिने यातायात व्यवस्था कार्यालय डडेल्धुराले यस आर्थिक बर्षको पहिलो ६ महिनामा २,१८,९८,०८१। रुपैया राजश्व संकलन गरिसकेको छ ।
यातायात कार्यालय व्यवस्था कार्यालय संञ्चालन लाई चुस्त दुरुस्त राख्दै आएको दावि गर्ने यातायात व्यवस्था कार्यालयमा २०७९ पुस सम्मका सबै नयाँ तथा पुराना सवारी अनुमती पत्रहरु स्मार्ट कार्डको रुपमा आईसकेको कार्यालयले जनाएको छ ।
पार्दशिताका लागी कार्यालयको वेवसाईट, कार्यालयको आधिकारिक फेसबुक तथा सुचना पाटिहरुमा कार्यालयको सुचनाहरु अपडेट गरेर राखिने गरेको बताउदै कार्यालयको आफ्नै भवन तथा ट्रायल सेन्टर निर्माणको लागी जग्गा प्राप्तिको कार्य अगाडी बढेको कार्यालय प्रमुख हर्ष बहादुर रोकाले बताउनु भयो ।
अहिले कार्यालयले भवन तथा ट्रायल सेन्टर भने भाडामा लिएर सेवा प्रवाह गरिरहेकोछ ।
