केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा इकोनोमिक मिडिया एसोसिएसन नेपाल ९इमान०को नयाँ कार्यसमिति चयन भएको छ ।
बुधबार काठमाडौंमा सम्पन्न आर्थिक मिडिया सञ्चालकहरूको संस्था इमानको पहिलो अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् ।
साथै संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् । कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सह(सचिवमा आर्थिक प्लस डटकमका अमिर लामा र कार्यकारी सदस्यमा भने कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् ।
इमानमा हाल २२ वटा आर्थिक मिडियाहरु सदस्य छन् ।
(Visited 29 times, 1 visits today)
