मिस पविको अभिनय रहेको( जुम्ला ) गीत भाईरल , युटुवमा टप ८ औं स्थानमा

सेयर गर्नुहोस्

डडेल्धुरा ः गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको एक दिनमै उतकृष्ट आठमा परेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

जुम्लामा छायांकन गरेको भिडियोमा टिकटक मा चर्चित रहेकी मिस पवी र रोशन केसीको अभिनय गरेका थिए । भिडियोमा जुम्लाको स्थानीय रहनसहन, भेषभुषा र एब प्रेमील जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको छ । अमन निलसागर र गायक गिरीकै शब्द रहेको गीतको छायांकन बिबेक बिकले गरेका हुन् भने भिडियोको सुम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियो अहिले निकै भाईरल बनेको छ ।

(Visited 137 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *