पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरी बढ्यो

सेयर गर्नुहोस्

काठमाडौं- पेट्रोल, डिजल र मट्टितेलको मूल्य पुनः बढेको छ । आइतबार नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक -एक रुपैयाँका दरले बढाएको हो ।

बढेको पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलको रुपैयाँ बढाइएको हो ।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । यद्यपी खाना पकाउने ग्यासको मूल्य भने बढाइएन ।

(Visited 46 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *