धनगढी – गायक तथा मोडेल चेतन बोहराको देउडा गीत ‘जुन लाग्याकी’ सार्वजनिक भएको छ। पछिल्लो समय निकै चर्चामा रहेका बोहरा र अनिता साउदको आवाजमा रहेको उक्त गीत चेतन बोहराले आफ्नै यूट्यूब बाट बजारमा ल्याएका हुन।
पछिल्लो समयमा स्रोता तथा दर्शकको मन जितेका बोहराले यसअघि दर्जन बढी गीत बजारमा ल्याईसकेका छन्। यस गीतमा झलक भट्टकोे शब्द संगीत रहेको छ भने गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन्। बोहराकै युटुब च्यालनवाट सार्वजनिक भएको गितको म्युजिक भिडियोमा गायक बोहरा आफैले अभिनय गरेका छन भने उनलाई बर्षा भण्डाराले साथ दिएका छन ।
यस अघि उनले बजारमा ल्याएका ए कट्टी, काफल गेडी, चम्पा लगायतका थुप्रै गितहरु अहिले पनि चर्चामा रहेका छन “https://m.youtube.com/watch?v=wQGrbQrBDQM&feature=share”>https://m.youtube.com/watch?v=wQGrbQrBDQM&feature=share
(Visited 345 times, 1 visits today)
