विद्यार्थी राजनिती हुदै संसद सम्मको यात्रामा डा.तारा जोशी

सेयर गर्नुहोस्

डडेल्धुरा (दिपक राज भट्ट — २०२७ चैत्र २७ डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका बामनगाउँमा बुवा भवानी दत्त जोशी र आमा हरिनादेवी जोशीको जेष्ठ सन्तानका रूपमा जोशीको जन्म भएको हो। सानै देखि राजनितिमा चासो राखने जोशीले विद्यार्थी राजनिती आफ्नो जिवनमा राजनितीको सुरुवात गरेका थिए । २०४३ सालमा भुवनेश्वरी माध्यमिक विद्यालयबाट एसएलसी गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट आईकम गरेका हुन् । सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट बिए पास गरेका उनले एमए भने भारतको कुमाऊँ विश्व विद्यालय नैनीतालबाट गरेका हुन्। भारतको प्रतिष्ठीत जवाहरलाल नेहरू विश्वविद्यालयबमट एम फिल र विद्या बारिधि पिएचडी अन्तराष्ट्रिय सम्बन्धमा २०६८ सालमा गरेका हुन्।

जोशीको राजनीतिक यात्रा २०४५ सालमा कैलाली बहुमुखी क्यापसको अनेरास्ववियु प्रवेशसंगै भएको थियो। २०४६ सालमा पञ्चायती शासनका विरुद्ध आन्दोलन चल्दै गर्दा कैलाली बहुमुखी क्याम्पसमा उनले विद्यार्थीसँगै निरंकुशताको विरुद्ध आन्दोलन गरे।

जोशीले २०४७ सालमा आफ्नै गाउँको गणेश मावि बडालमा शिक्षकको रूपमा काम गरे। २०४७ तिरै जोशीले बिरभद्र माध्यमिक विद्यालय हालको नबदुर्गा गाउँपालिका कोटेलीमा शिक्षण पेशा गरे। आलितालको दुर्गा माविमा समेत शिक्षण पेशामा केही समय विताए। उनले त्यही समयमा संगठनको कामसँगै भुवनेश्वरी मा.वि. बड बसन्तपुरमा शिक्षण पेशामा ४ वर्ष माध्यमिक तहमा अंग्रेजी विषयको कुशल शिक्षकको जिम्मेवारी सम्हाले। २०५१ देखि २०५३ सम्म डडेल्धुरा काठमाण्डौं सम्पर्क मञ्चको सदस्य हुँदै काठमाण्डौं केन्द्रित राजनीति गरे। २०५३ सालमा डडेल्धुरा आउँदै गर्दा नेकपा एमालेले उनलाई जिल्ला कमिटी सदस्यमा जिम्मेवारी दियो।
एक वर्षे जिल्ला कमिटी चलाउदै गर्दा २०५४ मा उनले नेकपा एमालेको जिल्ला सचिवको रूपमा २०५८ सम्म पार्टीको जिम्मेवारी सम्हाले २०५९ साल देखि २०६३ सम्म जिल्ला कमिटी सदस्यको रूपमा काम गरे २०६३ को आन्दोलन चल्दै गर्दा पूर्व तत्कालिन राजा ज्ञानेन्द्र शाहले नगरपालिकाको चुनाव घोषणा गरे।

त्यसकाविरुद्ध आन्दोलनमा उत्रिएका डडेल्धुराका राजनीतिक कर्मीलाई पुलिसले गिरफ्तार गर्यो। जोशी २५ दिनका लागि जेल चलान भए। अन्तिममा आएर राजा ज्ञानेन्द्रले नगरपालिकाको नौटंकी चुनाव स्थगित गरे।
०६२÷०६३ को आन्दोलनको बेला तारा जोशीलाई पुनः प्रहरीले गिरफ्तार गरे। २६ दिनको राजतन्त्रका विरुद्ध आन्दोलन गरेको आरोपमा कारागार चलान गर्यो। आन्दोलन चल्दै गर्दा देशमा लोकतन्त्र आएपछि जोशीलाई कारागारबाट मुक्त गरियो।
उनी २०६९ मा नेकपा एमाले डडेल्धुराको जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिए। २०७० सालको संविधान सभा चुनावमा होमीएका उनी पराजित भए। २०७१ मा पुनः एमाले जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए।
उनले उपक्षेत्रीय आन्दोलनको नेतृत्व गरेका थिए भने राष्ट्रिय परिक्षा बोर्ड डडेल्धुराको एकलौटी भर्ती बिरुद्धको आन्दोलनमा समेत होमिएका थिए। जोशी आसन्न निर्वाचन (मंसिर ४) का लागि डडेल्धुरा प्रदेश ख बाट स्वतन्त्र उमेदवारि दिएका थिए । उनले चुनाव चिन्ह लालटिन पाएका थिए ।
जोशी सँग प्रतिसपर्धामा रहेका थिए बहालवाला प्रदेश भौतिक पूर्वाधार मन्त्री गोविन्द बोहरा उनी बाम गठबन्धनका साझा उमेदवार थिए ।
जोशीले बोहरालाई पराजित गरेका छन् ।

जोशीले सुदुर पश्चिममा रहेको बेरोजगारी सम्स्यालाई हटाउनुका लागि मेघा प्रोजेक्टका रुपमा फारवेष्ट एग्रो कम्पनी डडेल्धुरामा आफ्नो नेतृत्वमा संञ्चालनमा लयाउने तयारि गरेका छन् । ‘भिजन डडेल्धुरा’ का अभियान्ता जोशी फार वेस्टर्न एग्रो जाईन्ट लिमिटेड कम्पनीका संस्थापक अध्यक्ष समेत हुन्। फार वेस्टर्न एग्रो जाईन्टले डडेल्धुरामा भटमास प्रसोधन उद्योग सञ्चालन गरिरहेको छ। जसको तयारी अन्तिम चरणमा रहेको छ।

(Visited 22 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *