सागर ढकाललाई डडेल्धुराका युवाको खुला पत्र

सेयर गर्नुहोस्

डडेल्धुरा ः प्रिय नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु म एकजना डडेल्धुराबासी युवा, अहिले बिदेशमा छु । सर्वप्रथम म सम्पुर्ण डडेल्धुराबासीको तर्फबाट सबै नेपालीहरु समक्ष क्षमायाचना गर्न चाहान्छु कि हामीले एउटा सुन्दर मौका गुमायौं, हामीले अराजकतलाई फालेर सु संस्कृत राजनितिको थिती बसाल्ने मौका गुमायौं, हामीले युवाहरुले काम (राजनिती) गनुपर्छ र बृद्धबृद्धाहरुले आराम गर्नु पर्छ भन्ने शन्देश दिनबाट चुक्यौं र सँगसँगै सम्पुर्ण गैह्र डडेल्धुराबासीहरुलाई अनुरोध गर्न चाहन्छु कि हामी लोकतान्त्रीक मुलुकमा बस्छौ र लोकतान्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको मतदानको प्रकृया हो । यस प्रकृयामा कसैको जीत र कसैको हार हुनु बिल्कुल स्वभाविक कुरा हो ।

हामीले चाहेकै ब्यक्ती जित्नु पर्छ भन्ने कदापी हुँदैन । कहिलेकाही नचाहेको नतिजा पनि आउन सक्छ र हामीले त्यसलाई स्विकार गर्न सक्नु पर्छ । अहिलेको डडेल्धुराको चुनावमा हामी अधिकंश डडेल्धुराबासी युवाहरुको पनि ईच्छा के थियो भने एकजना जुझारु युवाले जितोस्, जसले डडेल्धुरा मात्रै हैन देशकै लागी राम्रो काम गरोस । त्यसैले त सागर ढकाल जीलाई यती ठुलो भोट आएको छ ।
यो भोट यत्तिकै आएको हैन हामी डडेल्धुराबासीहरुलाई पनि परिवर्तनको हुटहुटी भएरै आएको हो। यो नतिजाको विश्लेषण गर्न हामीले सामजिक संजाल मात्रै हेरेर हुदैन, हामीले यहाँको ग्राउण्ड रियालिटी पनि बुझ्नु जरुरी छ । जो व्यक्ती सात सात पटक यही क्षेत्रबट लगातार जित्दै आएका छन् उहाँले आफ्नो संजाल कती मजवुत बनाएको होला ?
आफ्नो जरा कती तल सम्म गाडेको होल, बुझ्नु जरुरी छ । यसका बावजुत सागर जी को यस्तो सम्मानजनक मत आउनुले पनि स्पष्ट संकेत गर्छ कि डडेल्धुरा पनि परिवर्तनको पक्षमा नै छ । यो नतिजाले बिशेषगरी हामी युवाहरु अझै उत्साहित भएक छौँ । त्यसैले सबैमा यो अनुरोध छ कि यो लोकतान्त्रीक नतिजालाई स्विकार गरौं । बिशेषगरी गैह्र डडेल्धुराबासीहरु कृपया डडेल्धुराबासीलाई होच्याउने, अपशब्द लेख्ने र बोल्ने काम नगरिदिनुहोस । यस्तो कार्यले हामी सगर जीलाई समर्थन गरेका युवा हरुकै चित्त दिख्ने भएको छ ।
तपाइहरुले गर्नु भएक यस्ता नकरात्मक प्रतिकृयाहरु हामीले पाउने मध्यम भनेको सामजिक संजाल नै हो । र हामी समाजिक संजाल प्रयोग गर्ने अधिकांश डडेल्धुराबासीहरुले सागर जीलाई नै समर्थन गरेका थियौं । जसलाई तपाईहरु नकारात्मक टिप्पणी गर्दै हुनुहुन्छ, अझ भनौ भेडा को संज्ञा दिदै हुनुहुन्छ, त्यो अधिकांश व्यक्तीहरुको पहुच सामाजिक संजालमा छैन, ऊ तपाईहरु जस्तो शिक्षित छैन, अनि ऊ तपाईहरु जस्तो स्मार्ट फोन चलाउन सक्ने हैसियतमा पनि छैन, र त्यसैले तपाईहरुको शब्द त्यहाँ पुग्दैन । अब सामाजिक संजाल मार्फत जहाँ तपाईहरुको शब्द पुगेको छ, त्यसले फेरी युवाकै पक्ष लिएको छ ।

त्यसैले सबै डडेल्धुराबासीलाई नकारात्मक टिप्पणी गर्नु भयो भने यत्रो १३,०४२ मत दिने मतदाता लगायत हामीजस्ता बिदेशमा बसेर पनि युवालाई समर्थन गरेकाहरुलाई तपाईले अपमान गर्दै हुनुहुन्छ । त्यसोभए २५,५३४ लाई मात्रै भनेको भन्नुहोला, त्यो पनि सुहाउने कुरा हुँदैन । पहिलो कुरा त लोकतान्त्रीक पद्धतिमा सबैलाई आफु खुशी भोट दिने अधिकार हुन्छ र हामीले त्यसलाई स्विकार्नु पर्छ । र अर्को महत्वपुर्ण कुरा चाँही यो २५,५३४ मा अधिकांश अशिक्षित छ, पहिले उसलाई शिक्षा दिनुहोस्, सही गलत के हो छुट्याउन सक्ने अवस्थामा पुर्याउनुहोस्, अनि मात्रै उसलाई जे भन्न मन लाग्छ भन्नुस । त्यसैले सबैलाई मेरो अनुरोध छ कि कृपया डडेल्धुराको मात्रै हैन कुनै पनि मत परिणामलाई सम्मन गरौं । डडेल्धुराबासिलाई पनि म आग्रह गर्न चाहन्छु कि कृपया कसैले नराम्रो लेख्योरबोल्यो भन्दैमा तपाईंहरु पनि नकरत्मक प्रतिउत्तरमा नजानुहोस्, दिनै परे सभ्य तरिकाले प्रतिकृया दिनुहोस् । कसैलाई कटाक्ष गर्ने काम नगरौ, सधै भाईचाराको सम्बन्धलाई कायम राखौं । एकतामै बल हुन्छ त्यसैले एकतामा जोड दिऔं । विखण्डनको राजनितिले गर्दा देशले कती ठुलो मुल्य चुकाउनु पर्छ भन्ने कुरा हामीले २०५२ साल पछिको परीस्थितिबाट बुझिसकेका छौ ।
यसै संदेश मार्फत म सागर ढकाल जीलाई पनि केहि कुरा भन्न चाहन्छु –
सर्वप्रथम त म तपाईलाई धेरै बधाई दिन चाहन्छु कि तपाईले डडेल्धुरा बाट १३ हजार बढी मत मात्रै हैन डडेल्धुरा बाहिर, देश(बिदेशमा रहेका कैयौँ हजार मन पनि जित्नु भएको छ । यती धेरै माया ९मत० सितिमीती पाइदैन । यती धेरै मतको अर्थ तपाई प्रतिको आशा हो, बिश्वास हो । तपाइलाई म धन्यवाद पनि भन्न चाहन्छु कि तपाईले डडेल्धुरबासिहरुलाई राजनिती प्रतिको सचेतना बढाइदिनु भएको छ र यहाँका युवाहरुलाई हौसला प्रदान गर्नु भएको छ । तपाईंले ५ महिना बस्दारघुम्दा देख्नु भयो होला कि डडेल्धुरा कती सुन्दर छ भनेर । म तपाईंलाई अनुरोध के गर्न चाहन्छु भने अब डडेल्धुरा नै बसाइ सर्नुहोस । म खुला हृदयबाट तपाईंलाई आमन्त्रण गर्न चाहन्छु ।
प्रचारको क्रममा यहाँका समस्या देख्नुभयो, भोग्नु भयो । अब यतै बस्नुस्, अबको ५ बर्ष यहाँका समस्या सुल्झाउन तिरा लगौ । राजनितीमा ५ बर्ष भनेको धेरै लामो समय होईन । ५ बर्षमा डडेल्धुराका जनातासँग अझै नजिक भएर उनिहरुको जीवनमा सकारात्मक प्रभाव पर्ने काम गरौ । त्यसो भयो भने अर्को चुनावमा हामी तपाईंलाई स(सम्मान यहाँबाट विजयी गराएर संसदमा पठाउछौं । तपाईंले ५ महिना डडेल्धुरामा बस्दा त यहाँका जनाताले यती धेरै मत दिए, यती धेरै विश्वास गरे भने बिचार गर्नुस त अबको ५ बर्षमा यहाँका समस्याहरु समाधान गर्ने हिसाबले काम गर्ने हो भने ५ बर्ष पछिको चुनवमा कती मत पाउनु होला । यदी तपाईं मेरो कुरामा सहमत हुनुभयो भने म पनि अहिले अमेरिकाको केण्टकी विश्वद्यालयमा जडिबुटी तथा खाद्य विज्ञान सम्बन्धी वैज्ञानिक अनुसन्धानको काम गरिराखेको छु र म पनि तपाईंलाई साथ दिन फर्किन्छु । डडेल्धुराका समस्याहरु तपाईंले बुझिसक्नु भएको छ, ती समस्या समाधान गर्न पहल गरौँ । स्थानिय सरकारहरुसँग समन्वय गरेर अगाडी बढौं । यस कार्यमा तपाईं नेतृत्व लिनुहोस्, हामी हातमा(हात, काँधमा(काँध जोडेर साथ दिन्छौ । त्यसैले डडेल्धुरा मात्रै हैन सुदुर्पश्चिमलाई नै नेतृत्व दिन म तपाईंलाई आग्रह गर्न चाहन्छु । तपाईंको आगामी यात्रा सफल हुँदै जाओस यही कामना गर्न चाहन्छु ।
धन्यवाद् ।
डा. प्रकाश राज पाण्डेय
आजयमेरु ३, डडेल्धुरा
हाल केण्टकि, अमेरिका

(Visited 3,272 times, 7 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *