देउवा बिरुद्ध दुई कर्ण सहित ८ जना प्रतिसपर्धामा

सेयर गर्नुहोस्

जनक महरा (कञ्चनपुर) ः आसन्न निर्वाचनको १० दिन बाकि रहदा उमेदवारहरुले चुनावि प्रचारप्रसारलाई जोड दिएका छन् । यस्तै डडेल्धुराको निर्वाचन निकै रोचक बन्दै गएको छ ।
देउवा प्रतिसपर्धि कर्णसिंह रावल ‘मम्याल बाजे’
बर्षले ८१ भएका कर्णसिंह रावल अमरगढी का नागरिक हुन् । उनलाई डडेल्धुरामा ‘मम्याल बाजे’ भनेर चिनिन्छ । यिनै ‘मम्याल बाजे’ प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध २०५६ साल देखि सधैँ उम्मेदवारी दिदै आएका छन् ।
। २०५६ सालमा पहिलोपटक चुनाव लडेका उनले १ सय ९८ मत पाएका थिए ।
चारपटक उनले देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् भने यसपटक पनि रावलले उम्मेदवारी दिएका छन् । उनले उमेदवारी दिएपनि उनी अरु उमेदवार झै चुनावप्रचारमा भने खासै देखिदैनन् । आसन्न निर्वाचनाका लागि रावलले चुनाव चिह्न सूर्यमुखी फूल पाएका छन् ।
रोचक कुरा केछ भने उनले सधै देउवा बिरुद्ध किन दिन्छन त उमेदवारि ः
२०४८ मा शेरबहादुर देउवा पहिलोपटक डडेल्धुराबाट चुनाव लडेका थिए । त्यो समयमा कर्णसिंह रावल जिल्ला मालपोत कार्यालय डडेल्धुरामा मा सहयोगीको रूपमा काम गथ्र्ये । कार्यालयले चुनावको बेला उनलाई भित्री मधेसको जोगबुढामा खटाएको थियो ।
‘त्यहाँ देउवालाई सहयोग गर्न मैलै एक सयभन्दा बढी भोट दिलाएको थिएँ । त्यसपछि उनी जितेर गृहमन्त्री बनेका हुन्’, रावल विगत सम्झिँदै भन्छन्, ‘मैले आफ्नै मान्छे सम्झेर आफन्तलाई मत हाल्न लगाएको थिएँ ।’
चुनावपछि शेरबहादुर देउवा विजयी भएर गृहमन्त्री भएका थिए । तर, एकाएक २०४९ सालमा कर्णसिंह रावलको सरुवाको पत्र आयो । उनलाई बैतडी जिल्लामा सरुवा गरिएको थियो । उनलाई भने जिल्लामै बस्ने इच्छा थियो ।
‘त्यसपछि म भारतको बाटो हुँदै देउवा भेट्न काठमाडौं गए । मैलै सुरुमा जिल्लामै बस्ने इच्छासहित एक ओझा थरका गृहसचिवलाई गुहारे । उनले उक्त कुरा तत्कालीन गृहमन्त्री देउवालाई भनेका रहेछन्’, रावल भन्छन्, ‘तर देउवाले ‘हुँदैन । कहाँ हुन्छ ? आफ्नो मान्छे राखिसकेका छौँ, उसलाई बैतडी पठाऊ’ भनेछन् ।’
त्यही बेला नै रावलले एक मत आए पनि देउवाविरुद्ध चुनाव लड्ने अठोट लिएका थिए । तर, पछि डडेल्धुराकै ती गृहसचिवले सरुवा स्थगित गरी जिल्लामै काम गर्ने पत्र बनाइदिएको मम्याल बाजे बताउँछन् । ‘आफ्नो मान्छे भनेको त काम लागेन । बरु मैले जसको जुठा भाँडा माझेको थिएँ, उसैले सहयोग गर्‍यो’, रावलले भने ।
जिल्लामै ३० वर्ष मालपोत कार्यालयमा काम गरेपछि उनी २०५४ सालमा सेवानिवृत्त भए । त्यसको २ वर्षपछि २०५६ सालमा उनी पहिलोपटक शेरबहादुर देउवाविरुद्ध चुनाव लडेका थिए । त्यतिबेला १ सय ९८ मत पाएका रावलले पछिल्लोपटक २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा २ सय ८० मत पाएका थिए ।
यसपटक निर्वाचित भए सबै स्थानीय तहमा विकास गर्ने उनको चुनावी एजेन्डा छ । ‘मलाई एक छाक खानेगरी मत दिएर जिताए जिल्लावासीलाई २ छाक खाने बनाउँछु । देउवा जसरी बजेट खाने नेता बन्दैन’, उनले भने ।

अर्का कर्ण हुन कर्णबहादुर मल्ल ः

डडेल्धुरा गन्यापधुरा गाउँपालिका प्रधानमन्त्री देउवाको जन्मभूमि हो भने उनी सँगै प्रतिसपर्धामा रहेका कर्ण मल्लको जन्म भूमि पनि गन्यापधुरा नै हो । मल्ल लाई देउवाले २०५२ प्रधानमन्त्री भएपछि देउवाले कर्ण मल्ललाई सहयोगीका रूपमा काठमाडौंमा राखेका थिए । २०५४ सालमा देउवाले मल्ललाई जिल्ला विकास समिति डडेल्धुराको उपसभापतिको उम्मेदवार बनाएका थिए । यसैगरी २०५९ मा दोस्रोपटक प्रधानमन्त्री भएपछि शेरबहादुर देउवाले मल्ललाई प्रमुख स्वकीय सचिव बनाएका थिए । त्यही समयदेखि मल्ल शक्तिशाली भएका हुन् ।
२०६२ सालमा भने शेरबहादुर देउवाले मल्ललाई पार्टीबाट साधारण सदस्य नरहने गरी निष्कासन गरेका थिए । तत्कालीन राजदरबारनिकट भएको आरोप लगाउँदै उनी कारबाहीमा परेका थिए । त्यसको केही समय पछि भने उनीमाथिको कारबाही फुुकुवा भएको थियो । २०६२९६३ जनआदोलन पछि मल्लको कांग्रेसमा ‘कमब्याक’ भएको थियो ।

पछि २०६७ र २०७२ सालमा जिल्ला अधिवेशनमार्फत मल्ल जिल्ला सभापतिमा निर्वाचित भएका थिए । तर, दोस्रो कार्यकालमा भने कांग्रेसनिकट महिला संघका कारण उनको र देउवाको सम्बन्ध चिसिसकेको थियो । र, पनि उनले २०७४ सालको प्रदेशसभा निर्वाचनमा ‘ख’ प्रदेशबाट टिकट पाएर विजयी भएका थिए । उनै मल्ल आज शेरबहादुर देउवाविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् ।

देउवासँगको सम्बन्धमा दरार आएपछि मल्ल कांग्रेसको कारबाहीमा परे । कारण थियो, गत वर्ष २०७८ मा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशन । जहाँ मल्लमाथि आफूनिकट तत्कालीन उपसभापति करुणाकर भट्लाई जिल्ला सभापति बनाउन नजिकका कार्यकर्ताको नाम क्रियाशील सदस्यताका लागि सिफारिस गरेको आरोप लागेको थियो । तर, मल्लले भने आफूनिकट हालका जिल्ला सभापति भीमबहादुर साउदलाई सभापति बनाउन देउवाले जिल्लाले सिफारिस गरेका नाम काटेको आरोप लगाएका थिए । मल्लले केन्द्रबाटै आफूखुसी क्रियाशील सदस्यको नाम स्वीकृत गरेको आरोप लगाएका थिए ।

त्यसपछि मल्लको उपस्थितिबिनै सम्पन्न अधिवेशनबाट जिल्लामा नयाँ नेतृत्व चयन भएको थियो । त्यसलाई विधान विपरीत भएको भन्दै कर्ण मल्ल पक्षले विभिन्न आन्दोलन गरेर केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्नासमेत दियो । तर, कुनै सुनुवाइ नभएपछि मल्ल पक्षले विद्रोह गरेको थियो । सो पक्षले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसविरुद्ध कांग्रेस (बीपी) बाट उम्मेदवार उठायो । निर्वाचन सकिएपछि मल्ल कांग्रेस (बीपी) मा प्रवेश गरेर वरिष्ठ उपसभापति भए । र, निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिए । स्थानिय चुनावमा वि।पि ले देउवाको वडा सहित २ वडामा विजयी गरेको थियो ।

(Visited 60 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *