बाँकेमा सलहको नयाँ झुन्ड

सेयर गर्नुहोस्

बांके, १ साउन   बांकेमा बिहीबार सलह नयाँ झुन्ड देखिएको छ । भारतको सराजदेखि नरैनापुर गाउँपालिको सीमा हुँदै डुडुवा गाउँपालिका, नेपालगन्ज उपहानगरपालिका र बैजनाथ गाउँपालिकामा देखिएको हो ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार गए राति भारत हुँदै एउटा झुन्ड नरैनापुरमा आएर बसेको थियो ।

जंगलमा बसेकाले खेतीमा त्यति क्षति हुन नपाएको उनले बताए । ‘सानो झुन्ड नरैनापुरदेखि बांकेका विभिन्न स्थानमा डुलेको छ’, उनले भने, ‘यहाँबाट बर्दिया जाने सम्भावना छ ।’ 
सलहबाट खेती जोगाउन किसानलाई सूचना समेत दिएइको छ । थाल बजाएर, जाली थापेर पनि भगाउन सकिने तरिका सिकाएको उनले सुनाए ।

(Visited 60 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *