डडेल्धुरा पुगे मेडिकल कलेजका डिन र विश्वविद्यालयका रजिस्टार, कार्यालय स्थापना गरिँदै

सेयर गर्नुहोस्

डडेल्धुरा ः डडेल्धुरा मेडिकल कलेजका डिन प्रा.डा. हेमनाथ जोशी र सुदूरपश्चिम विद्यालयका रजिस्टार प्रा।यज्ञराज पाठक डडेल्धुरामा पुगेका छन्। डिनमा नियुक्त भएको झण्डै एक महिनापछि जोशी डडेल्धुरा आइपुगेका हुन्।
डडेल्धुरा मेडिकल कलेजको डिन कार्यालय स्थापना गर्न र मेडिकल कलेजको कार्य प्रारम्भ गर्न डिन जोशी र विश्वविद्यालयका रजिस्टार पाठक डडेल्धुरा आएका हुन्। डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले डिन कार्यालय स्थापना गर्नका लागि भाडाको घर खोज्न थालिएको सुदूरआवाजलाई जानकारी दिए।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्न संघीय सरकारले ४० करोड बजेट विनियोजन गरिसकेको छ। आर्थिक वर्ष २०७९—०८० को बजेट प्रस्तुत गर्दा अर्थमन्त्री जनार्दन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न प्रक्रिया सुरु गरिने बताएका थिए।
तर अर्थमन्त्री शर्माले बजेट भाषणमा बजेट भने उल्लेख गरेका थिएनन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा मेडिकल कलेज सञ्चालनका लागि ४० करोड बजेट विनियोजन भइसकेको जनाएको हो।
०७८ साल माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेकोमा केही साता अगाडि मात्रै डिन नियुक्त पनि गरिएको छ।

(Visited 37 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *