छैटौं स्थापना दिवसको अवसरमा धनगढी जुनियर जेसीजद्धारा वृक्षरोपण तथा मास्क वितरण

सेयर गर्नुहोस्

जनक महरा/धनगढी- धनगढी जुनियर जेसीजको छैटौं स्थापना दिवसको अवसरमा वृक्षरोपण तथा मास्क वितरण गरि सम्पन्न गरेको छ ।

जेसीजले जेसीज एभरेस्ट एङ्ग्लिस बोर्डिङ स्कुलमा वृक्षरोपण तथा क्याम्पस रोड देखि चटकपुर सम्म निशुल्क मास्क वितरण कार्यक्रम गरेको राष्ट्रिय जुनियर जेसीज क्षेत्र घ संयोजक जु जेसी सन्तोष पन्तले बताए । जु जेसी सुमन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी धनगढी जेसीजका अध्यक्ष जेसी श्याम पाठक रहका हुन् ।

वृक्षरोपण तथा मास्क वितरणमा धनगढी जेसीजका निवर्तमान अध्यक्ष जेसी नरेन्द्र राज अवस्थी, धनगढी लेडि जेसीजकी महासचिव जेसी सरस्वती भट्ट , धनगढी जेसीजका तालिम संयोजक जेसी सुरज गिरि ,राष्ट्रिय जुनियर जेसीज क्षेत्र घ संयोजक जु जेसी सन्तोष पन्त, धनगढी जुनियर जेसीजका पुर्व अध्यक्ष जु जेसी रबेन्द्र बिक्रम शाह र जेसी जनार्दन बम्म, धनगढी जुनियर जेसीजका बोर्ड तथा साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।

सामाजिक कार्यमा अग्रसर जुनियर जेसीजले स्थापना काल देखि नै बिभिन्न सामाजिक कार्य गर्दै आएको जुनियर जेसीजका अध्यक्ष सुमन ढकाल जानकारी दिए ।

(Visited 158 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *