गोंगबु हत्याकाण्ड : कल्पनाको ‘नक्कली मायाजाल’ र कृष्णबहादुरको ‘अतृप्त यौन प्यास’को परिणाम

सेयर गर्नुहोस्

काठमाडौं- काठमाडौंको गोंगबु हत्या काण्डमा कल्पना मुढभरी पौडेलबाहेक अन्य व्यक्तिको पनि संलग्नता भएको प्रहरीले बताएको छ ।

आफ्ना साझेदार निरज थापालगायतललाई कल्पना आफ्नी कान्छी श्रीमती भएको बताउँदै आएका दाङका कृष्णबहादुर बोहोरा मात्र नभइ अन्य थुप्रै पुरुषहरु कल्पनाको ‘नक्कली मायाजाल’मा परेको अनुमान छ ।

आफ्नो श्रीमानले नेपालगञ्जमा बनाइदिएको घर चटक्कै छोडेर ३ सन्तानसहित विनारोजगारी काठमाडौं बस्दै आएकी कल्पनाको आयस्रोतबारे प्रहरी पछिल्लो समय गम्भीर बनेको छ । साथै अनुसन्धानको दायरा फराकिलो बनाउने योजना प्रहरीले बनाइरहेको बताएको छ ।

साउन २५ गते बोहोराको शव भेटिएकै दिन रातारात कल्पना र उनकी छोरीलाई चितवन पर्याउने एम्बुलेन्स चालक, हरेक दिन घरसम्म ल्याइदिने केही ट्याक्सीचालक र अन्य केही व्यक्ति प्रहरीले आफ्नो अनुसन्धानको निशाना बनाइरहेको छ ।

यद्यपि, उक्त एम्बुलेन्स चालक अहिले प्रहरीकै हिरासतमा छन् । उनले कल्पनासँग आफ्नो चिनजान भए पनि हत्यालगायत गतिविधिमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएको प्रहरीको भनाइ छ ।

त्यसो त कल्पनाले पनि हत्यामा आफूबाहेक कोही पनि कृष्णबहादुरको हत्यामा संलग्न नभएको र आफैंले गरेको स्वीकार गर्दै आएकी छिन् ।

कल्पनाका वास्तविक श्रीमान् मिनबहादुर मुढभरी हुन् । उनीहरुबीच न त डिभोर्स भएको छ न त सँगै नै बसेका छन् । मिनबहादुरले नै नेपालगञ्जमा बनाइदिएको घर छोडेर उनी काठमाडौं आएकी थिइन् ।

तर, काठमाडौंमा कुनै पेशा वा व्यवसायमा संलग्न रहेको नखुलेकी कल्पनाले आफू र आफ्नो तीन जना सन्तानको पालनपोषण र काठमाडौंको सानदार जीवनशैलीको स्रोत के हो भन्नेतिर पनि प्रहरीको अनुसन्धान केन्द्रित बन्दै गएको छ ।

कल्पना ४ वर्षदेखि काठमाडौंमा बस्दै आएको खुलेको छ । यो बीचमा के कृष्णबहादुर मात्रै थिए त उनको आर्थिक आम्दानीको स्रोत वा अरु पनि धेरै पुरुषहरुलाई उनले ‘पैसा धुत्ने’ माध्यम बनाएकी थिइन् रु वा उनले आफ्नो चरित्र दाउमा राखेकी थिइन् रु यसबारे पनि अनुसन्धान हुने प्रहरी स्रोतको भनाइ छ ।

त्यसो त रोल्पा स्थायी घर भइ दाङमा बसाइ सरेका कृष्णबहादुरको पनि चरित्र घटनाले उदाङ्गो पारेको छ । मानसिक सन्तुलन गुमाएकी जेठी श्रीमती दाङमै छिन् भने बालबच्चासहितकी कान्छी श्रीमती भारतमा बस्दै आएको खुलेको छ ।

यति हुँदा हुँदै पनि उनी कान्छी श्रीमतीका लागि कल्पनालाई अपनाउन खोजिरहेका थिए र साथीभाइलाई समेत उनले आफ्नो कान्छी श्रीमती भएको बताउँदै आएका थिए ।

कल्पनाको आर्थिक आवश्यकता पूरा गर्दै गएका कृष्णले जब आफ्नो पैसा फिर्ता माग्न थाले तब उनीहरुबीच मनमुटाव शुरु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, पैसा फिर्ता माग्दा कल्पनाले छोरीमाथि बलात्कार गरेको आरोप लगाएर फसाइदिने धम्की दिन थालिन् ।
अहिले कल्पनाले आफ्नी छोरीमाथि बलात्कार गर्न खोजेपछि आवेशमा आएर कृष्णबहादुरको हत्या गरेको बयान दिएकी छिन् । तर, उनको बयानलाई प्रहरीले रत्तिभर पनि पत्याएको छैन ।

घटनास्थलबाट बरामद भएका विभिन्न हातहतियारहरुले उनको त्यो बयानलाई गलत सावित यसै पनि गरिसकेको छ । त्यतिमात्र होइन एउटी महिला एक्लैले यति ठूलो विभत्स हत्या भएको प्रति पनि प्रहरीमा थुप्रै शंकाहरु उत्पान्न भएको छ ।

गोंगबुको वीभत्स हत्याकाण्ड कल्पनाको ‘नक्कली मायाजाल’ र कृष्णबहादुरको ‘अतृप्त यौन प्यास’को अन्तिम परिणाम हो । यसले उनीहरु दुवैको चरित्र छर्लङ्ग बनाएको छ भने अन्य व्यक्ति को–को कल्पनासँगको लसपसमा थिए भन्ने तथ्य प्रहरी अनुसन्धानबाट क्रमिक रुपमा खुल्दै जाने छ ।

र, समाजमा हुने स्वार्थको खेलहरुबाट सबै सधैं सचेत हुनुपर्छ भन्ने सन्देश पनि यो घटनाले छोडेको छ ।

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *