नेपालभर कोरोना बाट मृत्यु हुनेको संख्या १०० पुग्यो

सेयर गर्नुहोस्

वीरगन्जमा एक जनाको मृत्यु भएको छ । गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत ६० वर्षीय वृद्धको शुक्रबार साँझ मृत्यु भएको गण्डक अस्पताल स्रोतले जानकारी दिएको छ । 

वीरगन्ज महानगरपालिका–१२ मुर्लीका वृद्धमा साउन २१ गते संक्रमण पुष्टि भएको थियो ।  साउन २४ गते साँझ गण्डक स्थित कोभिड अस्पताल भर्ना गरिएका उनमा ज्वरो देखिएको अस्पतालले जनाएको छ ।  उपचारकै क्रममा हिजो बेलुका ७ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जानकार दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमितको मृत्युको संख्या ९९ पुगेको जानकारी दिनुभएकाे थियो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०० पुगेको छ ।

(Visited 101 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *