कृष्णपुर नगरपालिकाद्धारा कोरोना नियन्त्रणमा दुई करोड ९८ लाख ७० हजार ४८३ खर्च

सेयर गर्नुहोस्

कञ्चनपुर । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाले कोरोना नियन्त्रण , रोकथाम तथा ब्यबस्थापनमा २ करोड ९८ लाख ७० हजार ४८३ खर्च गरेको छ।

नगरपालिकाले २०७६ चैत देखि २०७७ असार समान्त सम्म ४ महीनाको अवधिमा यो रकम  खर्च गरेको हो ।

कोरोना रोकथाममा स्थानीय तहले भ्रष्टाचार गरेको आरोप लागेका बेला कृष्णपुर नगरपालिकाले खर्चको विबरण सार्वजनिक गरेको छ । नगरपालिकाको आन्तरिक स्रोत सँगै प्रदेश र संघीय सरकारबाट प्राप्त बजेट सहित ३ करोड ७९ लाख २० हजार थियो ।

२ करोड ९८ लाख बजेट खर्च गरेपछि अब नगरपालिकाले ८० लाख ४९ हजार बैंकमा मौज्दात रहेको जनाएको छ ।

(Visited 117 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *