पहिरोले बझाङमा वडा कार्यालय भत्कायो

सेयर गर्नुहोस्

बझाङ – जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ६ पिखेत नुवाघरमा रहेको वडा कार्यालय पहिरोले भत्काएको छ।

बर्षाका कारण वडा कार्यालयमाथि भिरालो जमिन खसेपछि कार्यालयका दुई कोठामा पूर्ण क्षती भएको छ भने छत पनि भत्किएको छ।

वडा कार्यालयको नयाँ निर्माण भएको उक्त भवनमा सरेको एक महिना मात्रै भएको वडा अध्यक्ष अनिल विष्टले बताए।

(Visited 41 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *