को हो ठूलो शत्रु ? कोरोना कि युद्धमा जित ?

सेयर गर्नुहोस्

काठमाडौं। कोरोना भाइरसविरुद्धको लडाइँमा कुनै एक देश वा महादेशको प्रयास मात्र पर्याप्त नहुने कुरो अब छर्लंग भइसकेको छ। 

विश्वको कुनै एक कुनामा यो भाइरसको जीवाणु जीवित रह्यो भने पनि यसले सारा दुनियाँलाई पिरोल्न सक्छ। चीनको वुहानबाट फैलिएको भाइरसले विश्व हल्लाइरहेको छ। त्यसकारण पनि भाइरसविरुद्धको लडाइँमा सारा संसार एकतावद्ध हुनु अत्यावश्यक छ।

राजेन्द्र पराजुली। 

सायद यही यथार्थलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले मार्च २३ मा एउटा अपील गरे। अपीलमा उनले कोरोना भाइरससँग लड्न विश्वभर तत्कालै संघर्षविराम हुनुपर्ने बताए। 

संघर्षविरामले कोरोनाविरुद्ध लड्न सहज हुने उनको अपेक्षा थियो। त्यसपछि कतिपय युद्धरत् पक्षले संघर्ष रोक्न आवश्यक कदम पनि चाले पनि त्यसले अपेक्षाकृत सफलता पाएको छैन। 

महामारीको पारो उक्लँदै गर्दा कतिपय देशले संयुक्त राष्ट्र संघको अपिल त मानेनन् नै साथमा नयाँ शत्रुतापूर्ण व्यवहारसमेत सुरु गरे। तिनले स्थायी संघर्षविराम गर्नतर्फ कुनै कदम चालेनन्।

केही नेताका लागि कोरोना महामारी आफ्नो सत्तालाई अकण्टक बनाउने अवसर पनि बन्न पुगेको छ। महामारीबीच तिनले चुनाव गराएका छन् र जित आफ्नो नाममा दर्ता गराएका छन्। केहीले त आफ्नो सत्ता लामो समयसम्म कसैले हल्लाउन नसक्ने गरी नयाँ कानुनसमेत निर्माण गरेका छन् र त्यसलाई जनमतद्वारा प्रमाणीकरणसमेत गर्न भ्याएका छन्।

ठूला र धनी अनि आफूलाई लोकतन्त्रको मसिहा ठान्ने मुलुकले पनि नयाँ शत्रुको खोज गर्न थालेका छन्। विश्व यतिखेर कोरोना महामारीबाट त्रस्त छ। बुझ्ने हो भने, अहिले संसारको सबैभन्दा ठूलो शत्रु त्यही कोरोना भाइरस हो। त्यो भाइरससँग एक्लै लड्न असम्भव छ। तर, महामारीभन्दा ठूलो चिन्ता कतिपय देशका नेतालाई चुनाव र आफ्नो जितको हुन पुगेको छ।
 
केही नेताका लागि कोरोना महामारी आफ्नो सत्तालाई अकण्टक बनाउने अवसर पनि बन्न पुगेको छ। महामारीबीच तिनले चुनाव गराएका छन् र जित आफ्नो नाममा दर्ता गराएका छन्। केहीले त आफ्नो सत्ता लामो समयसम्म कसैले हल्लाउन नसक्ने गरी नयाँ कानुनसमेत निर्माण गरेका छन् र त्यसलाई जनमतद्वारा प्रमाणीकरणसमेत गर्न भ्याएका छन्। यस्तो क्रियाकलापप्रति संयुक्त राष्ट्र संघका पूर्वमहासचिव बान कि मुनले चिन्ता प्रकट गरेका छन्। 

अधिकांश मुलुकले अन्य देशबाट आउने नागरिकको ढोका बन्द गरिदिएका छन्। व्यापार ठप्प पारेका छन्, आयात-निर्यात शून्यप्राय छ। उद्योगधन्दामा ताला लगाएका छन्। तर, सशस्त्र संघर्षमा भने विराम लागेको छैन ! हतियार बिक्री भइरहेकै छ, छेप्यास्त्र प्रक्षेपण जारी नै छ।

विश्व महामारीले कतिपय देशका स्वास्थ्य प्रणाली, नागरिकप्रतिको जिम्मेवारी तथा सामाजिक सेवाको प्रभावबारे प्रश्न उठाइदिएको छ। यसले असमानता, गरिबी, अस्थिरता र हिंसा बढाइदिएको छ। केही महीनाअघि गरिएको एक अध्ययनले महामारीले कम्तीमा पनि १० करोड मानिसलाई थप गरिब बनाउने देखाएको थियो।

नेपालमा औपचारिक रुपमा कुनै अनुसन्धान नभए पनि कोरोनाका कारण गरिएको लकडाउन अवधिमा अपराधमा वृद्धि भएको देखिएको छ। आत्महत्या बढेको छ। गरिबी बढेको छ। संसारभर नै यही अवस्था सिर्जना हुन पुगेको छ। यी त भए आन्तरिक अस्थिरता र राज्यको अकर्मण्यताका कारण उब्जिएका अप्ठेरा। विश्वकै अभिभावक बन्नु पर्ने देशको अकर्मण्यताका कारण उत्पन्न संकट अझ भयावह छ।

कोरोनाकालमा दुई ठूला र महाशक्ति राष्ट्र अमेरिका र चीनबीच सम्बन्ध थप चिसिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनतर्फ थुप्रै पटक औंला ठड्याए। चीनविरुद्ध नजानिँदो ढंगमा भारतलाई उकासे। भारत पनि के कम ! उसले चीनसँगको सम्बन्धलाई कम महत्व दिँदै अमेरिकासँग लहसिनुमै आफ्नो कल्याण देख्यो। अमेरिका-चीनबीचको व्यापारयुद्ध अब शीतयुद्धमा परिणत हुँदै गएको कतिपय विश्लेषकले बताउन थालेका छन्।
 
यही अवधिमा भारत-नेपाल सम्बन्ध पनि चिसिन गएको छ। सीमा विवाद चुलिएको छ। उता, भारत-चीनबीच उत्पन्न सीमा विवादले दुई देशका सेना नै झडपमा उत्रिएका छन्। भारतले कम्तीमा २० सेना गुमाएको छ। भारत-पाकिस्तानबीचको पुरानो दुश्‍मनीमा एक इन्च पनि कमी आएको छैन। 

महामारी ढिलो-चाँडो अवश्य पनि नियन्त्रणमा आउने छ। कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा केही कम्पनी अन्तिम चरणमा पुगेकाले यो विषाणुले अब धर्तीमा लामो समय बाँच्न पाउने छैन। यसको अस्तित्व अब धेरै बाँकी छैन। तर, देश-देशीबीचका असमझदारी, मौलाउँदो निरंकुशता, गृहयुद्धको औषधि कसैले खोजेका छैनन्। 

उल्टै, दुई देश अहिले समयसमयमा झडपमा उत्रिन थालेका छन्। सिरिया, इरान, अफगानिस्तानलगायका देशमा चलिरहेका संघर्ष रोकिएका छैनन्। तिनलाई कोरोनाबाट कसरी आफ्नो देशका नागरिक जोगाउने भन्ने चिन्ता कम छ। 

महामारी ढिलो-चाँडो अवश्य पनि नियन्त्रणमा आउने छ। कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा केही कम्पनी अन्तिम चरणमा पुगेकाले यो विषाणुले अब धर्तीमा लामो समय बाँच्न पाउने छैन। यसको अस्तित्व अब धेरै बाँकी छैन। तर, देश-देशीबीचका असमझदारी, मौलाउँदो निरंकुशता, गृहयुद्धको औषधि कसैले खोजेका छैनन्। 

संसारभर शान्ति र भाइचारा तथा समविकासका निम्ति अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने देशहरू यतिखेर गैरजिम्मेवार बनिरहेका छन्। तिनको गलत भूमिकाका कारण कोरोनाबाट भन्दा संघर्षबाट बढी मानिसले ज्यान गुमाउनु पर्ने खतरा देखिएको छ। त्यस्ता संघर्षले मानिसलाई थातथलो छोड्न बाध्य बनाउने, पलायन बढाउने, अपराध बढ्नेजस्ता खतरा उत्पन्न भएका छन्।

यो चिन्ताको विषय हो। संयुक्त राष्ट्र संघलगायतका विश्व संस्थाहरुको भूमिकामाथि समेत प्रश्न उठिरहेका छन्। जनस्तरबाट उठिरहेका प्रश्नहरुको उचित जवाफ दिन नसक्ने वा नचाहने हो भने किन चाहियो यस्ता संस्थाहरु ?

(Visited 56 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *