जर्मनीका साहसिक साइकलयात्री : जसले १२ देश पार गर्दै नेपाल पुगे, अब बंगलादेश हुदै अमेरिका !

सेयर गर्नुहोस्

पोखरा : जर्मनीका ३७ बर्षिय युवक मोरिट्ज साइकल यात्रा गरेर १२ देश पार गर्दै नेपाल पुगेका छन् । फुटबल, टेनिस, पूल खेलाडी समेत रहेका उनी भिडियो सम्पादक हुन् ।
उनीले गतवर्ष जर्मनको डसेलडोर्फबाट साइकल यात्रा सुरु गर्दै पोल्याण्ड, युक्रेन, रोमानिया, बुल्गेरिया, टर्किए, जर्जिया, आर्मेनिया, इरान, इमिरेट्स, ओमान र भारत हुँदै सुरु नेपालको पोखरामा पुगेका छन् ।
‘गतवर्ष जर्मनबाट साइकल यात्रा सुरु गरे । म सँधै प्रकृतिको सास फेर्न र पत्ता नलागेको बाटो र साहसिक कार्यहरू खोज्दै छु। मेरो यात्रामा मैले अहिलेसम्म १२ देश पार गरेको छु।’
उनले भने- ‘मैले जर्मनीबाट पोल्याण्ड, युक्रेन, रोमानिया, बुल्गेरिया, टर्किए, जर्जिया, आर्मेनिया, इरान, इमिरेट्स, ओमान भारत हुँदै नेपाल पुगे । मेरो अर्को योजना बंगलादेश र म्यानमार प्रवेश गरी थाइल्याण्ड पुग्ने हो । म विभिन्न महादेशमा धेरै देशहरू पार गर्न इच्छुक छु। क्यानाडा, अमेरिका, दक्षिण अमेरिका मेरो इच्छा सूचीमा छन्।’खबरउज्यालो बाट साभार

(Visited 47 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *