धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा यसै वर्षदेखि चिकित्सा संकायको सुरुवात हुने बताएका छन्। विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै कुलपतिसमेत रहेका देउवाले सो कुरा बताएका हुन्।
‘यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाउँदैछ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ।’
(Visited 7 times, 1 visits today)
