डडेल्धुरामा पदम मेमोरियल कप शुरु

सेयर गर्नुहोस्

हरिश चन्द
डडेल्धुरामा पदम मेमोरियल कप शुरु भएकोछ । पदम भण्डारीको स्मृतिमा डडेल्धुराको किङ्स युथ क्लब द्वारा आयोजित पदम मेमोरियल कप जिल्ला स्तरीय खुल्ला टि २० पुरुष क्रिकेट मा विभित कारणले गर्ला १५ ओभरको खेल खेलाएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत शुक्र वार तिन खेल सम्पन्न भएका छन ।
अमरगढी नगरपालिका वार्ड न ३ स्थित रामलिला मैदान (बगर)मा संचालन भएको पहिलो दिनको खेलमा भिम दत्त बहुमुखि क्याम्पस र घटाल स्टार युथ क्लविच खेलाईएको खेलमा भिमदत्त बहुमुखि क्याम्पसले आफनो पहिलो जित हात पारेको छ । टस जितेर फिल्डिीङ रोजेको भिमदत्त बहुमुखि क्याम्पसले १५ ओभरको खेलमा घटाल स्टार युथ क्लव लाई ६४ रनमा सिमित राख्यो ।
भिमदत्त बहुमुखि क्याम्पसको गतिलो बलिलाईले पदम बिष्टले २६ रकेशव विष्टले ११ रन वानाए भने अरु खेलाडिले दोहोरो अंक समेत वनाउन सकेनन् । भिमदत्त बहुमुखि क्याम्पसका नव राज भट्टले १८ रन खर्चेर ४ विकेट हात पारे । भिमदत्तकै अर्का बउलर पप्पु चुनारले १० रन खर्चेर ३ विकेट ,पुष्कर भट्टले २विकेट लिदा घटाल स्टार युथ क्लव सस्तैमा समिटिएको हो ।
भिमदत्त बहुमुखि क्याम्पस वाट टेक भट्टले १३ रन पुष्कर भट्टले ११ रन शुरेश बोहरा १० रन र निरज भटेटले ९ वनाएको थिए । भिमदत्त बहुमुखि क्याम्पसका नवराज भट्ट म्यन अफ द म्याच घोषित भएका थिए । दोस्रो खेलमा पर्शुराम स्मृति क्लब र योङ्गस्टार वि विच खेलाईएको खेलमा पर्शुराम स्मृति क्लब ६ विकेटले बिजयी भएको छ ।
टस जितेर फिल्डि रोजेको पर्शुराम स्मृति क्लबले १५ आभरको खेलमा योङ्गस्टार बि लाई १०९ रनमा सिमित राख्यो । पर्शुराम स्मृति क्लबका धिरज साउदे ३ ओभरमा १९ रन खर्चेर ४ विकेट हातपारे त्यस्तै प्रशान्त जोशीले २ विकेट मुकेशले २ धिरेन्द्रर नरेन्द्र धामिले सामान एक एक विकेट लिभएका थिए । योङ्गस्टार वि को ब्याटिलाई खासै सन्तोक जनक रहेन ।
योङ्गस्टार विका महेश मगर र विस्वाश क्षेष्ठले सामान १४ रन वानए भने अरु कुने पनि ब्याष्टसम्यान नचल्दा खेलमा पराजय भएका हुन । पर्शुराम स्मृति क्लबले ६ विकेटले विजय हुदा करन खडायले ५४रन प्रशान्त वोशीले १३ रन सरोज साउदे १३ रन वनाएका थिए । त्यस्तै तेस्रो खेलमा आदर्श युथ क्लव र बिपिएम विच भएको खेलमा बिपिएम विनयी भएको छ । टस जितेर ब्याटिङ रोजेको आदर्श युथ क्लवले ४ विकेट क्षतिका १४० रनको लक्ष्या बिपिएम लाई दिएको थियो । आदर्श युथ क्लवका खेलाडि टेक राज अवस्थीले ५३ रन लभ ऐरले नट आउट २९रन रोहित ऐरले १७ रन हिर्काउदा बिपिएम लाई तिन विकेटको क्षतिमा १४० रनको लक्ष्य दिएको थियो । जवाफिमा बिपिएम ब्यष्टम्यान सुजित थापाले ५ रन गणेश पण्डेय १९ रन प्रकाश श्याम ताम्राकार र सुसिल वोगटीको उकृष्ट ब्याटिङले बिपिएम विजयी भएको हो । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफि,प्रमाण पत्र र नगद धनरासी सहित ३० हजार द्धितियलाई १५ हजार र उकृष्ट ब्यटसम्यन र बलरलाई ट्रफि र नगद धनरासिको ब्यबस्था रहेको किङ्स युथ क्लबका अध्यक्ष गणेश देवाले जानकारि दिनु भयो ।

(Visited 105 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *