२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी ः मोटरसाइकल दुर्घटना हुँदा डडेल्धुरामा एक जनाको मृत्यु भएको छ। डडेल्धुरा बजारबाट पुइलेक तर्फ गइरहेको ३६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
शुक्रबार राति पौने ८ बजेतिर डडेल्धुरा बजारबाट घर छचोडा जाने क्रममा ३६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अमरगढी– ६ बजनीपाटामा दुर्घटना हुँदा चलक साजनको मृत्यु भएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए।
गम्भीर घाइते उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको डीएसपी पालले बताए। उनका अनुसार मोटरसाइकल दुर्घटनामा सोही ठाउँका २१ वर्षीय मुकेश ताम्राकार घाइते भएको र उनको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।