ललित बाेहरा
डडेल्धुरा: डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ शिराड घर भएका प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगर रहेकी छन्।
निमोनियाको आशंकामा बिहीबार बिहान ५ बजे अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ।
बिरामी बालिकालाई अस्पताल पुगाएको तीन घण्टा हुँदासम्म डाक्टर नआएपछि मृतक बालिकाका आफन्तले डडेल्डधुरा प्रमुख जिल्ला अधिकारीदेखि अस्पताल ब्यवस्थनपन समितिका अध्यक्षसम्मलाई गुहारेको बताएका छन्।
डाक्टरको लापरबाहीले बालिकाको मृत्यु भएको आफन्तहरूको आरोप छ। अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतक बालिकाको आफन्तले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको राजीनामा र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.चेतराज भट्टको सरुवा हुनुपर्ने माग गर्दै शव उठाएका छैनन्।
अस्पतालमा डाक्टर हुँदाहुँदै पनि बिरामी बालिकाको उपचारका लागि नआउँदा बालिकाको ज्यान गएको स्थानीय राजेन्द्र थापाको भनाइ छ।
राति नै श्वास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएकी यमुनालाई अस्पतालले आईसियूमा राखेको अस्तालका निमित्त मेसु भट्टको दाबी छ। उनले भने, ‘दुई तीनदेखि उच्च ज्वरोसहित निमोनिया भइएको रहेछ, हिजो राति १२ बजे तिर श्वास फेर्न गाह्रो भएपछि आज बिहान अस्पताल आएका थिएँ, उच्च समस्याले आईसियुमा उपचार गदाँ गर्दै मुत्यु भएको हो।’
अस्पताल विकास समितिका अध्यक्ष ओझाले भने आफूलाई ७ बजे जानकारी आएको र आफूले तत्काल उपचारको व्यवस्थापन गरेको दाबी गरे।
भट्ट हाल खबरदारी न्युज साप्ताहिक पत्रिकाका सम्पादक हुन् ।
उनले यस अघि हिलटाईम्स, हिमालयटाईम्स र पश्चिम टुडे दैनिकमा काम गरिसकेका छन् भने हाल मध्यान्ह दैनिक र सेभेन स्टार फोर के टिभिमा कार्यरत रहेका छन् ।
बिशेष गरि पर्यटन, सामाजिक कुरुती बिरुद्ध र तथा कृषि सम्बन्धि समाचार लेख्ने गर्छन् ।